२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार विकास मूल्य, बढ्यो च्याउदेखि स्याउसम्मको भाउ


सञ्चार डबली
  • आइतबार, असोज ६ २०८१
  • 7.2K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार विकास मूल्य, बढ्यो च्याउदेखि स्याउसम्मको भाउ


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्य सूची प्रकाशित गरेको छ । जसअनुसार आज केही तरकारी र फलफूलको भाउ सामान्य बृद्धि भएको देखिन्छ । मूल्यसूची अनुसार आज मुडेको आलु प्रतिकेजी ६६ रुपैयाँ ३३ पैसाबाट बढेर ६९ रुपैयाँ पुगेको छ भने सुकेको प्याज ११३ रुपैयाँ ६७ पैसा पुगेको छ । 

    त्यस्तै, स्थानीय काउलीको भाउ प्रतिकेजी १० रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको छ भने रातो मूला ३१ रुपैयाँ ६७ पैसा पुगेको छ भने झिगुनी प्रतिकेजी ७५ रुपैयाँ तोकिएको छ । यसैगरी, रायोको साग प्रतिकेजी ८८ रुपैयाँ ३३ पैसा रहेकोमा आज बढेर ९५ रुपैयाँ, बरेला १३५ रुपैयाँ, कन्य च्याउ १४६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली १४० रुपैयाँ र शरीफा १३३ रुपैयाँ ३३ पैसा पुगेको छ ।

    मूल्यसूची अनुसार आज खुर्सानीको भाउसमेत बढेको छ । आज हरियो खुर्सानीको भाउ बढेर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ भने अकबरे खुर्सानी १८० रुपैयाँ, भेडे खुर्सानी १२५ रुपैयाँ, हरियो लसुन ३२६ रुपैयाँ ६७ पैसा र फूजी स्याउ ३३६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend