२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बैंक डुब्न लाग्यो भने हस्तक्षेप गर्न सक्नुपर्छ : गभर्नर अधिकारी


सञ्चार डबली
  • शनिबार, असोज ५ २०८१
  • 6.5K
    SHARES

  • images
    बैंक डुब्न लाग्यो भने हस्तक्षेप गर्न सक्नुपर्छ : गभर्नर अधिकारी


    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै बैंकमा समस्या आइहाल्यो भने पनि त्यसमाथि हस्तक्षेप गरेर परिस्थिति नियन्त्रणमा लिनसक्ने गरी निक्षेप बीमा योजनालाई परिस्कृत गर्न आवस्यक भएको’ औंल्याएका छन् ।

    काठमाडौंमा सुरु भएको एसियाली देशका सुरक्षण संस्थाहरु (एसिक)को ३६ औँ अन्तरराष्ट्रिय सम्मेलन समुदघाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

    उनले निक्षेपकर्ताको सुरक्षण गर्ने हैसियत कोषले राख्नुपर्ने बताए । साथै, पछिल्लो समय कोषको क्षमता बढ्दै गएको बताए । उनले एसियाली मुलुकका साना नवप्रवर्तनकारी सस्थाहरुका लागि इननोभेसनलाई आधार मानेर प्रवाह हुने कर्जाको महत्व निकै उच्च रहेको बताए ।

    उनले निजी क्षेत्रको कर्जा प्रवाहमा सहजिकरण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले ठूलो सहयोग पुगेको बताए । पछिल्ला अन्तरराष्ट्रिय वित्तीय संकटहरुका बेलामा समेत नेपालको बैंकिङ प्रणाली सबल हुनुलाई यहाँको निक्षेप तथा कर्जा सुरक्षणको नीतिले ठूलो सहायता पुर्याएको थियो ।

     गभर्नर अधिकारीले नेपालमा केन्द्रिय बैंकले लामो समयदेखि लघुवित्त कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाएको र यसले सामाजिक न्याय तथा वित्तीय पहूँच विस्तार गर्न उल्लेख्य सहयोग पुगेको स्मरण गरे।

    उक्त कार्यक्रमको प्रभावकारीतामा निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिकाको उनले प्रशंसा गरे ।“पछिल्लो समय कोषको क्षमता बढ्दै गएको छ” उनले भने, “आगामी दिनमा कोषको क्षमता अझै बढ्दै जान्छ भन्ने मलाई विश्वास छ ।”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend