२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सार्वजनिक ऋणको आकार २५ खर्ब २८ अर्ब नाघ्यो, हरेक नेपालीको थाप्लोमा कति ऋण ? 


सञ्चार डबली
  • शनिबार, असोज ५ २०८१
  • 8.4K
    SHARES

  • images
    सार्वजनिक ऋणको आकार २५ खर्ब २८ अर्ब नाघ्यो, हरेक नेपालीको थाप्लोमा कति ऋण ? 


    काठमाडौं ।सार्वजनिक ऋणको आकार २५ खर्ब २८ अर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार भदौ मसान्तसम्म ऋणको सावाँ ब्याज भूक्तानीपछि मुुलुकको कूल ऋण भूक्तानी २५ खर्ब २८ अर्ब ६२ करोड १४ लाख रुपैयाँ बक्यौता बाँकी रहेको हो । यो राष्ट्रको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा ४४.३२ प्रतिशतको हिस्सा हो ।

    कूल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ४८.८८ प्रतिशत अर्थात् १२ खर्ब ३५ अर्ब ९० करोड १८ लाख रुपैयाँ रहेको छ भने बाह्य ऋणको हिस्सा ५१.१२ प्रतिशत अर्थात् १२ खर्ब ९२ अर्ब ७१ करोड ९६ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दुई महिनामा मुलुकको सार्वजनिक ऋणको आकार ९४ अर्ब ५२ करोड १६ लाख रुपैयाँले बढेको छ । २०८१ साउन १ गते मुलुकको तिर्न बाँकी कूल सार्वजनिक ऋणको आकार २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपैयाँ थियो ।

    समीक्षा अवधिमा आन्तरिकतर्फ ५५ अर्ब रुपैयाँले ऋण थपिएको छ भने बाह्यतर्फ ३९ अर्ब ५२ करोड १७ लाख रुपैयाँ ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । भदौ मसान्तसम्म कायम कूल सार्वजनिक ऋणलाई कूल २ करोड ९१ लाख ६४ हजार ५७८ जना जनसंख्याले भाग गर्दा एक नेपालीको भागमा ८६ हजार ७०१ रुपैयाँ ८० पैसा ऋण पर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend