२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बैंकहरूको गैर बैंकिङ्ग सम्पत्तिमा उलेख्य वृद्धि, कुनको कति ?


सञ्चार डबली
  • शनिबार, असोज ५ २०८१
  • 6.5K
    SHARES

  • images
    बैंकहरूको गैर बैंकिङ्ग सम्पत्तिमा उलेख्य वृद्धि, कुनको कति ?


    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलाे महिना साउनमा बैंकहरूकाे गैर बैंकिङ्ग सम्पत्तिमा उलेख्य सुधार देखिएको छ । साउन महिनासम्ममा बैंक तथा वित्तिय संस्थाहरूको गैर बैंकिङ्ग सम्पत्ति ३६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

    गत आर्थिक वर्षको साउन महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूको गैर बैंकिङ्ग सम्पत्ति १९ अर्ब ९ करोड मात्रै थियो । गत आवको यही अवधिकाे तुलनामा बैंकहरूकाे गैर बैंकिङ्ग सम्पत्ति ९३.३६ प्रतिशतले बढेको देखिन्छ ।

    चालु आर्थिक वर्षको पहिलो महिना साउनसम्म सबैभन्दा बढी गैर बैंकिङ्ग सम्पत्ति एनआईसी एशिया बैंकको रहेको छ । यस अवधिमा एनआईसी एशिया बैंकसँग गैर बैंकिङ्ग सम्पत्ति ४ अर्ब २९ करोड ९८ लाख रुपेयाँ रहेको छ ।

    यसैगरी हिमालयन बैंकको २ अर्ब ७३ करोड ४४ लाख रूपैयाँ , कुमारी बैंकको २ अर्ब ६० करोड ७९ लाख रुपैयाँ, नबिल बैंक २ अर्ब ५९ करोड २८ लाख रुपैयाँ, लक्ष्मी बैंककाे १ अर्ब ६१ करोड १६ लाख रूपैयाँ , प्राइम कमर्सियल बैंककाे १ अर्ब ८५ करोड २३ लाख रूपैयाँ ,माछापुच्छ्रे बैंक १ अर्ब १५ करोड ८० लाख रुपैयाँ रहेको छ ।

    त्यस्तै, प्रभु बैंकको १ अर्ब २ करोड १९ लाख रूपैयाँ, नेपाल एसबिआईको ३४ करोड ६० लाख रूपैयाँ, एभरेष्ट बैंकको ५० करोड ७२ लाख रूपैयाँ, नेपाल बैंकको २० करोड ५७ लाख रूपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३० करोड ५५ लाख रूपैयाँ, सिद्धार्थ बैंकको ७० करोड ३८ लाख रूपैयाँ, कृषि विकास बैंकको ९४ करोड ८५ लाख रूपैयाँ गैर बैंकिङ्ग सम्पत्ति रहेको छ ।

    साथै, ग्लोबल आईएमई बैंकको ८१ करोड ६९ लाख रूपैयाँ, सिटिजन्स बैंकको ८१ करोड ६९ लाख रूपैयाँ, एनएमबी बैंकको ८९ करोड ६४ लाख रूपैयाँ सानिमा बैंकको ६७ करोड ४० लाख रूपैयाँ गैर बैंकिङ्ग सम्पत्ति रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंककाे भने गैर बैंकिङ्ग सम्पत्ति नै छैन । यसकाे अर्थ बैंकले धिताे सकार्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend