काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउदैँ गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरुमाअफरै अफरहरु संचालनमा ल्याएको छ । बैंक असोज १७गते बाट २४औँ वर्षपार गरी २५औँ वर्षमा प्रवेश गर्दैछ । बैंकले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरुमा विभिन्न क्यासब्याक तथा विशेष छुटअफरहरु ल्याएको छ । जसको फाईदा ग्राहकमहानुभावहरुले बैंकले प्रदानगर्दै आएको डिजिटल सेवा सुविधाहरु जस्तैः मोबाइल बैंकिङ्गः MBL M- SMART (APP),डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड मार्फत लिन सक्नेछन् ।
बैंकले असोज १ देखि ३० गते सम्मको अवधीमायस बैंकको मोबाइल बैंकिङ्गः MBL M- SMART (APP),डेबिट कार्ड,क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेडकार्ड लिने नयाँ ग्राहकमहानुभावहरुलाई विशेष छुटको योजनाल्याएको छ । जसअन्र्तगत बैंकको डेबिट कार्ड लिने ग्राहकमहानुभावहरुले कार्ड लिदाँपहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुटर त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमाशत प्रतिशत छुट प्रदानगर्नेछ । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमाआकर्षक प्याकेज बनाई पाँचवर्ष अवधीको लागिएकमुष्ट २,४०० मात्रमा प्रदान गर्नेछ ।
साथै बैंकले मोबाइल बैंकिङ्गःMBL M- SMART (APP), सेवाको सदस्यता शुल्कमा वार्षिक ५०% सम्मको छुट,डलर क्रेडिट कार्डर डलर प्रिपेड कार्डजारीगर्दा जारी शुल्कमा पहिलो वर्ष २४% सम्मको छुट प्रदानगर्नेछ । यसै क्रममाबैंकको २४औँ वार्षिकोत्सव लक्षितयस योजनाअन्तर्गत असोज १६ र १७गतेदुई दिनको अवधीमाबैंककाडेबिट तथाक्रेडिट कार्ड प्रयोगकर्ताहरुले विभिन्नमर्चेन्टहरुबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्ड मार्फत बिल भुक्तानी गर्दा २४% वाअधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्ड मार्फत बिलभुक्तानीगर्दा २४% वाअधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्तगर्न सक्नेछन् ।
यसका साथै बैंकले असोज १ देखि १८ गते सम्मको लागिडिजिटल कारोवारको प्रोत्सहान र प्रर्वधनको लागि बैंकको आधिकारीक फेसबुकतथा इन्स्टाग्राम पेज मार्फत ग्राहकमहानुभावहरुको लागि क्विज कार्यक्रम सञ्चालन गर्ने छ र सहीउत्तर दिने सहभागीहरुमध्ये भाग्य शालीविजेताले आर्कषक उपहार पाउन सकनेछन् ।
साथै यस क्यामपिएन अवधीभर बैंकबाट जारी डिजिटल माध्यमहरुबाट कारोबार गर्ने ग्राहकहरु र डिजिटल भुक्तानीलिने मर्चेन्टहरुका लागिबैंकले विभिन्नमर्चेन्ट तथा भेन्डर्सहरुद्वारा प्रायोजित विविधउपहारहरु जस्तैः टिभि, मोबाइलफोन, ट्याब, स्मार्टवाच,रिचार्जकार्ड तथाआकर्षक गिफ्ट भौचरहरु प्रदानगर्ने छ ।


