२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

व्यापार तथा सम्झौता परिषद्को बैठकः अमेरिकाले माग्यो नेपालले सहायता चाहेका क्षेत्रको विवरण


सञ्चार डबली
  • शुक्रबार, असोज ४ २०८१
  • 7.0K
    SHARES

  • images
    व्यापार तथा सम्झौता परिषद्को बैठकः अमेरिकाले माग्यो नेपालले सहायता चाहेका क्षेत्रको विवरण


    काठमाडौं । नेपाल-अमेरिका व्यापार तथा सम्झौता परिषद्को सातौँ बैठक सम्पन्न भएको छ । काठमाडौँमा भएको बैठकमा अमेरिकाका तर्फबाट दक्षिण तथा मध्य एसियाका लागि सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा ११ सदस्यीय टोली सहभागी थियो ।

    नेपालबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वमा १७ सदस्यीय टोलीले भाग लिएको थियो । बैठकमा सहभागी अमेरिकी टोलीले नेपाललाई आवश्यक सहायता चाहेका क्षेत्रको विस्तृत विवरण उपलब्ध गराउन माग गरेको छ ।

    नेपालले अमेरिकासँग व्यापार सुविधा, नेपाल ट्रेड प्रिफेरेन्सल प्रोग्राम, (एनटीपीप)को समयावधि थप्न प्रस्ताव पनि गरेको थियो । त्यस्तै नेपालले विभिन्न क्षेत्रमा थप प्राविधिक सहायता उपलब्ध गराउन आग्रह गरेको थियो । यसमा अमेरिकी टोली सकारात्मक देखिएको वाणिज्य मन्त्रालयले जनाएको छ ।

    व्यापार तथा लगानीका क्षेत्र विस्तार गर्न दुवै पक्षबिच थप सहयोग आदान–प्रदान गर्ने विषयमा सहमति पनि भएको छ । अमेरिकी टोलीले नेपाललाई लगानी सम्बन्धी कानुनी र प्रक्रियागत सुधार गर्न सुझावसमेत दिएको छ । परिषद्को आठौँ बैठक अमेरिकामा आगामी वर्ष सन् २०२५ मा बस्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend