२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धतामा पूँजीबजार: लगानी सुरक्षित गर्ने प्रतिबद्धता


सञ्चार डबली
  • बिहीबार , असोज ३ २०८१
  • 6.5K
    SHARES

  • images
    सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धतामा पूँजीबजार: लगानी सुरक्षित गर्ने प्रतिबद्धता

    काठमाडौँ , असोज ३ । सरकारले बुधवार साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ । जसमा नेपालको पूँजी बजारलाई समेत समेटिएको छ ।

    २०८१ असार १७ गते नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बिच संयुक्त सरकार निर्माणका लागि सम्पन्न ७ बुँदे सहमतिमा व्यक्त राष्ट्रिय हितको रक्षा, संविधानको कार्यान्वयन र विकास, राजनीतिक स्थायित्व, सुशासन, गतिशील अर्थतन्त्र, विकास निर्माणमा तीव्रता र आर्थिक समृद्धि लगायतका जनचाहनालाई सम्बोधन नीतिगत प्रतिबद्धतामा उल्लेख छ ।

    नीतिगत प्रतिबद्धतामा पुँजी बजारप्रतिको आम नागरिकको बढ्दो आकर्षणलाई ध्यानमा राखी नियामक निकायको संस्थागत प्रभावकारिता र पारदर्शितालाई सुदृढ गरी लगानीकर्ताको लगानी सुरक्षित गरिनेछ कुरा उल्लेख गरिएको छ ।

    त्यस्तै आन्तरिक, वाह्य र गैरआवासीय नेपालीहरु समेतको लगानी वृद्धि गर्न नीतिगत, कानुनी र संरचनागत सुधार गर्दै लगानीमैत्री वातावरण निर्माण गरिने र लगानी वृद्धिका लागि विकास फाइनान्सिङका समय सापेक्ष वित्तय ढाँचाहरु उपयोगमा ल्याइने उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend