२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन 


सञ्चार डबली
  • मंगलबार, असोज १ २०८१
  • 5.9K
    SHARES

  • images
     दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन 


    काठमाडौं । सरकारले दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको दुई महिनामा उक्त रकम संकलन गरेको हो ।
    सरकारले गत वर्षभदौ मसान्तसम्म १ खर्ब ५४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । जुन गत वर्ष यही अवधिमा संकलन भएको राजस्वभन्दा ९.७४ प्रतिशत बढी हो ।

    चालु आर्थिक वर्षको साउन र भदौमा गत वर्षभन्दा १० प्रतिशत बढी मात्रै राजस्व संकलन भएको हो । साउन र भदौमा देखिएको उत्साह कायमै रहेमा यो वर्ष १२ खर्ब भन्दा बढी राजस्व संकलन हुने अर्थ मन्त्रालयले जनाएको छ ।

    गत आर्थिक वर्षमा १० खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend