२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एक महिनामा विकास बैंकको नाफा ८५ करोड, पहिलो नम्बरमा शाइन रेसुङ्गा


सञ्चार डबली
  • मंगलबार, असोज १ २०८१
  • 7.5K
    SHARES

  • images
    एक महिनामा विकास बैंकको नाफा ८५ करोड, पहिलो नम्बरमा शाइन रेसुङ्गा


    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो महिना (साउन) मा विकास बैंकहरुले ८५ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार साउनमा विकास बैंकहरुले ८५ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।केन्द्रीय बैंकका अनुसार साउनमा ६ वटा विकास बैंकले घाटामा छन् भने ११ विकास बैंक नाफामा छन् ।

    धेरै नाफा आर्जन गर्नेमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक अगाडि छ । साइन रेसुङ्गाले साउनमा २० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा मुक्तिनाथ विकास बैंकले १६ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

    यस्तै, महालक्ष्मी विकास बैंकले १० करोड ५७ लाख, गरिमा विकास बैंकले ९ करोड ४६ लाख र कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ ।सबैभन्दा धेरै घाटा बेहोर्नेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । एक्सेलले खुद ६ करोड ३७ लाख रुपैयाँ घाटा बेहोरेको छ ।

    ग्रिन डेभलपमेन्ट बैंकले ८६ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ५४ लाख, नारायणी डेभलपमेन्ट बैंकले ५१ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ४८ र मितेरी डेभलपमेन्ट बैंकले २२ लाख रुपैयाँ घाटामा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend