२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एनआईसी एसिया बैंकका ग्राहक र कर्मचारीलाई बूढानीलकण्ठको लेमन ट्रि प्रिमियरमा विशेष छुट


सञ्चार डबली
  • मंगलबार, असोज १ २०८१
  • 6.6K
    SHARES

  • images
    एनआईसी एसिया बैंकका ग्राहक र कर्मचारीलाई बूढानीलकण्ठको लेमन ट्रि प्रिमियरमा विशेष छुट


    काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहक र कर्मचारीलाई काठमाडौं, बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलमा भारी छुट पाउने भएका छन्।होटलले विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो। 

    नजिकिँदै गरेका दसैँ, तिहार, छठजस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिसा डेबिट कार्ड तथा भिसा क्रेडिट कार्ड र मास्टरकार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहकहरुलाई बैंकले यस्तो सुविधा उपलब्ध गराएको जनाएको छ।  

    उक्त छुट प्रदान गर्ने विषयमा बैंक र होटलबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार उक्त कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरुले होटलको बसाइ, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् भने स्पा सेवामा भिसा र मास्टरकार्ड प्रयोगकर्ताले ३० प्रतिशत र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गर्नेछन्। 

    साथै, आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र भिसा क्रेडिट कार्ड तथा मास्टरकार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्नेछन्। 

    उक्त छुट अफर २०२४ नोभेम्बर ३० अर्थात् २०८१ मंसिर १५ गतेसम्मका लागि मात्र लागू हुनेछ। ‘रुम अपग्रेड’को सुविधा प्राप्त गर्न कोठा उपलब्धतामा भर पर्नेछ भने केक कम्प्लिमेन्ट्री प्राप्त गर्नको लागि एक दिनअघि नै जानकारी गराउनुपर्नेछ। यो छुट होटलको वेबसाइटमा उपलब्ध भएको दरमा प्राप्त हुनेछ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend