२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आर्थिक गतिविधि सुस्त रहेपनि वाणिज्य बैंकहरुले बढाए नाफा, कुन बैंकको कति ?


सञ्चार डबली
  • मंगलबार, असोज १ २०८१
  • 5.7K
    SHARES

  • images
    आर्थिक गतिविधि सुस्त रहेपनि वाणिज्य बैंकहरुले बढाए नाफा, कुन बैंकको कति ?


    काठमाडौं । वाणिज्य बैंकहरुले आर्थिक गतिविधि सुस्त रहेकै अवस्थामा मुनाफा बढाएका छन्। बैंकहरुले चालु आर्थिक वर्ष पहिलो महिनामा नाफा ७.६४ प्रतिशतले बढाएका हुन्।साउनमा बैंकहरुले ९ अर्ब १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। पोहोर यही अवधिमा बैंकहरुको खुद नाफा ८ अर्ब ५२ करोड रुपैयाँ थियो।

    आर्थिक गतिविधि सुस्त भएपनि केन्द्रीय बैंकले लिएको खुकुलो नीति र रिकभरीका कारण नाफा बढेको बैंकरहरुले बताएका छन्।

    राष्ट्र बैंकले असल ऋणको धितोमा राख्नु पर्ने १.२ प्रतिशत नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) खर्चलाई घटाएर १.१ प्रतिशतमा झारिदिएको छ। यसले नाफा बढाउन सहयोग पुगेको हो। नियामकीय लचकतासँगै ‘रिकभरी’ मा भएको सुधारका कारण नाफामा सुधार भएको बैंकरहरुको भनाइ छ।

    साउनमा १३ बैंकले नाफा बढाउँदा ७ बैंकको भने खुम्चिएको छ। यस अवधिमा कुमारी, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई, नेपाल, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा खुम्चिएको छ।

    कृषि विकास बैंकले नाफा सबैभन्दा धेरै ११४.७३ प्रतिशतले बढाएको छ। नेपाल एसबिआई बैंकको नाफा १०७.६२ प्रतिशतले बढेको छ।

    सबैभन्दा धेरै खुद नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक छ। उसले साउनमा ९९ करोड २ लाख रुपैयाँ नाफा गरेको छ।सबैभन्दा धेरै खुद नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक छ। उसले साउनमा ९९ करोड २ लाख रुपैयाँ नाफा गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend