२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दशैंको मुखमा उद्योगीले घटाए चामल र तेलको मूल्य, कारण यस्तो छ ?


सञ्चार डबली
  • मंगलबार, असोज १ २०८१
  • 7.9K
    SHARES

  • images
    दशैंको मुखमा उद्योगीले घटाए चामल र तेलको मूल्य, कारण यस्तो छ ?


    काठमाडौं । उद्योगीले चामल र तेलको मूल्य घटाएका छन्। बजारमा पर्याप्त स्टक रहेका कारण उद्योगीले मूल्य घटाएका हुन्। बजेटपछि चामलको भाउ निरन्तर बढिरहेकामा दसैंको मुखमा मूल्य घट्दा उपभोक्तालाई राहत भएको छ।

    चामलको मूल्य प्रति बोरा २५० रुपैयाँ र खाने तेलको मूल्य कार्टुनमा १०० रुपैयाँसम्म घटेको छ। ब्रान्ड अनुसार चामल प्रति केजी ५ देखि १० रुपैयाँ हाराहारी घटेको हो।

    नेपाल चामल तेल दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवालले चामल र तेलको मूल्य घट्न थालेको बताए। ‘उद्योगमा पर्याप्त स्टक छ। बजारमा पठाएको पनि बिक्री हुन नसकेर स्टकमै छ। त्यही कारण मूल्य घटेको हो,’ अग्रवालले भने।

    व्यापारीहरुले भने पुरानो स्टक सकाउनका लागि उद्योगीहरुले चामल र तेलको मूल्य घटाएको बताएका छन्। ‘केही समयदेखि बजारमा खाद्यान्नको मागमा कमी आएका कारण बजारमा नै स्टक बसिरहेको छ। स्टक बिक्री गर्न उद्योगीले मूल्य घटाएका हुन्,’ एक व्यापारीले भने।

    खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले अबको २ महिनामा नयाँ धान आउने भएकोले बजारमा चामलको भाउ घट्न थालेको बताए। उनले सरकारी कम्पनी साल्ट ट्रेडिङ र खाद्य कम्पनीले सहुलियत पसल राख्न लागेका कारण पनि उद्योगीले मूल्य घटाएको हुनसक्ने बताए।

    उनका अनुसार मोटा र जिरा मसिनो चामलको मूल्य केजीमा ५ देखि १० रुपैयाँ तथा तेलको मूल्य ब्राण्ड अनुसार कार्टुनमा ५० देखि १०० रुपैयाँसम्म घटेको छ।हाल बजारमा सूर्यमुखी र भटमासको तेल प्रति कार्टुन १८५० देखि १९०० रुपैयाँसम्म बिक्री भइरहेको छ। धारा तोरीको तेलको भाउ प्रति कार्टुन २९०० देखि ३ हजार रुपैयाँ छ।

    नेपाल थोक व्यापार संघले होलसेलबाटै चामलको मूल्य घटेर आउन थालेको बताएको छ। संघका अनुसार ब्राण्ड हेरेर चामल प्रति बोरा २४०० देखि २८०० रुपैयाँमा बिक्री भइरहेको छ।साल्ट ट्रेडिङका बजार प्रबन्धक प्रज्वल प्रधानले उद्योगबाटै चामलको मूल्य घटेर आएको बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend