२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?


सञ्चार डबली
  • सोमबार, भदौ ३१ २०८१
  • 7.4K
    SHARES

  • images
    वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?


    काठमाडौं । नबिल, नेपाल इन्भेष्टमेण्ट मेगा, प्रभु, कुमारी र एसबिआई र कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ। बैंकले आगामी असोजका लागि ब्याजदर घटाएर नयाँ दर सार्वजनिक गरेका हुन्। नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुनेछ।

    नबिलले चार महिनापछि घटायो ब्याजदर
    नबिल बैंकले चार महिनापछि ब्याजदर घटाएको छ। यसअघि असारदेखि ब्याजदर स्थिर थियो।

    मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ। भदौमा व्यक्तिगततर्फ ७ प्रतिशत, संस्थागततर्फ ६ प्रतिशत र रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर थियो।

    साधारण बचततर्फ सबै खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ। यसअघि यस्तो ब्याजदर ३ प्रतिशत थियो।

    नबिलको आधारदर ७.६३ प्रतिशतबाट ७.४२ प्रतिशतमा भरेको छ। स्प्रेडदर ३.९९ प्रतिशत कायम भएको छ। 

    इन्भेष्टमेण्ट मेगाको ब्याजदर स्थिर
    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५।५० प्रतिशत र रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याजदर कायमै राखेको छ। भदौमा पनि सोही ब्याजदर थियो।

    प्रभु बैंकको ब्याजदर स्थिर
    प्रभु बैंकले ब्याजदर स्थिर राखेको छ। असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत, संस्थागततर्फ ५.१० प्रतिशत र रेमिट्यान्स खातामा ७.१० प्रतिशत ब्याजदर छ। भदौमा पनि सोही ब्याजदर थियो।

    साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर छ। 

    कुमारी बैंकको ब्याजदर घट्यो 
    कुमारी बैंकले ब्याजदर घटाएको छ। मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत कायम भएको छ। भदौमा व्यक्तिगततर्फ ६.७१ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर थियो।

    साधारण बचत खातामा ४.५१ प्रतिशत ब्याजदर छ, यो ब्याजदर भदौमा ५.०६ प्रतिशत थियो। बैंकको आधार दर ८.८९ प्रतिशतबाट ८.५२ प्रतिशतमा झरेको छ। स्प्रेडदर ३.८७ प्रतिशत छ । 

    एसबिआई बैंकको ब्याजदर कति ?
    नेपाल एसबिआई बैंकको ब्याजदर घटेको छ। मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम भएको छ।

    भदौमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर थियो। साधारण बचत खातामा न्यूनतम ४.३५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।

    कृषि विकास बैंकले पनि ब्याजदर घटायो
    कृषि विकास बैंकले ब्याजदर घटाएको छ।

     मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६.०७२२ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर कायम भएको छ। भदौमा व्यक्तिगततर्फ ६.६५ प्रतिशत र संस्थागतर्फ ४२५ प्रतिशत ब्याजदर थियो।

    साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.७६  प्रतिशत तथा रेमिट्यान्स खातामा ७.०७२२ ब्याजदर कायम भएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend