२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एभरेष्ट बैंकले दशैँ अघिनै बार्षिक साधारण सभा सम्पन्न गर्दै, लाभांशसहित के–के छन् प्रस्ताव ?


सञ्चार डबली
  • आइतबार, भदौ ३० २०८१
  • 6.4K
    SHARES

  • images
    एभरेष्ट बैंकले दशैँ अघिनै बार्षिक साधारण सभा सम्पन्न गर्दै, लाभांशसहित के–के छन् प्रस्ताव ?

    आइतवार, भदौ ३० २०८१
    काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडले असोज २० गते ३०औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । बार्षिक साधारण सभा आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौँमा गर्ने बैंकले जनाएको हो । सभा बिहान ११ बजे सुरु हुनेछ ।

    सभाले प्रस्तावित १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५.५३ प्रतिशत नगद लाभांश वितरणको लागि स्वीकृति प्रदान गर्नेछ । दशैँ अघिनै वार्षिक साधारण सभा सम्पन्न गरी कम्पनीले शेयधरनीहरूलाई दशैँ खर्च वितरण गर्ने तयारी गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

    लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ ।

    बोनस शेयर वितरणपछि कम्पनीको पूँँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै, सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्वाचनको प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

    हाल कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीका आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । यस अघिका दुई आर्थिक वर्ष २० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लाभांश घटाएको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend