२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्रभु बैंकद्वारा गण्डकीमा एजुकेशन हब स्थापना, शैक्षिक कर्जा सहज तथा सरल रूपमा पाइने


सञ्चार डबली
  • आइतबार, भदौ ३० २०८१
  • 6.6K
    SHARES

  • images
    प्रभु बैंकद्वारा गण्डकीमा एजुकेशन हब स्थापना, शैक्षिक कर्जा सहज तथा सरल रूपमा पाइने

    आइतवार, भदौ ३० २०८१
    काठमाडौँ - प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हब) स्थापना गरेको छ । बैंकले आफ्नो सेवा परिष्कृत गर्ने क्रममा शुक्रबारदेखि गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरूका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रूपमा उपलब्ध गराउने उद्देश्यले एजुकेशन हब स्थापना गरेको हो ।

    स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि प्रदेशस्तरबाट उपलब्ध हुन सक्ने सहज भुमिकालाई मध्यनजर गर्दै प्रभु बैँकले गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्त विभाग स्थापना गरिएको जनाएको छ ।

    “हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरू विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक  वित्तीय लागत परिपूर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास गरिएको छ,” बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सीमित वित्तिय स्रोत साधनका कारण आफ्ना सन्ततीहरूलाई उच्च शिक्षा प्रदान गर्नबाट बञ्चित रहेको  समसामयिक परिप्रेक्षलाई मध्यनजर गरी छिटो छरितो र सहज तरिकाले शैक्षिक कर्जा प्रदान गर्ने हेतुले बैँकले शैक्षिक केन्द्र स्थापना गरिएको र अब सेवालाई थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाएको छ ।

    शैक्षिक कर्जा सुविधा उपभोग गर्नका लागि यस बैँकको प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरूमा सम्पर्क राखी ५ दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाएको छ । उक्त शैक्षिक केन्द्र, गण्डकी प्रदेशको समुद्घाटन प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनले गरेकी थिइन् ।

    प्रभु बैंकले सेवालाई परिस्कृत गर्दै जाने क्रममा गण्डकी प्रदेश कार्यालय अन्तर्गतका सम्पूर्ण शाखा कार्यालयहरूबाट सरल र सहज रूपमा नियमित बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । शैक्षिक केन्द्रको स्थापना पश्चात विद्यार्थी तथा अभिभावकहरूलाई थप सहज र उत्कृष्ट सुविधा प्राप्त हुने विश्वास बैंकले लिएको गण्डकी प्रदेश प्रमुख राजु रानाले बताएका छन् ।

    शैक्षिक केन्द्रले शैक्षिक कर्जा तथा त्यससँग सम्बन्धित विषयहरूको मात्रै समेटने भएकोले शाखा तथा शैक्षिक केन्द्रबाट प्रारम्भ गरिने कर्जाको प्रकृया अत्यन्तै छिटो तथा प्रभावकारी हुने बताएको छ । बैंकको गण्डकी प्रदेश अन्तर्गत ५५ वटा शाखा कार्यालय सञ्चालनमा छन ।

    त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै नविनतम प्रविधि फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend