२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

महसुल भुक्तानी गर्दा टेलिकमले शतप्रतिशत जरिवाना छुट दिने


सञ्चार डबली
  • आइतबार, भदौ ३० २०८१
  • 5.9K
    SHARES

  • images
    महसुल भुक्तानी गर्दा टेलिकमले शतप्रतिशत जरिवाना छुट दिने


    काठमाडौं । नेपाल टेलिकमले महसुल भुक्तानीमा जरिवाना छुट दिने भएको छ । कम्पनीले विभिन्न सेवाहरूको महसुल भुक्तानी गरेमा जरिवाना छुट दिने जनाएको छ ।विभिन्न सेवाहरू पीएसटीएन, जीएसएम मोबाइल, सीडीएमए मोबाइल, एडएसएल, एफटीटीएच, लिज लाइन, प्रयोग गरेबापत भुक्तानी गर्न बाँकी बक्यौता समयमै तिर्न कम्पनीले ग्राहकहरूलाई अनुरोध गरेको छ ।

    पुरानो बक्यौता भुक्तानी गर्ने ग्राहकहरूलाई जरिवाना छूट प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०७८र७९ सम्मको बक्यौता २०८१ कार्तिक मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने सम्पूर्ण जरिवाना छुट दिइनेछ ।

    आर्थिक वर्ष २०७९÷८० को बक्यौता २०८१ कार्तिक मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवानाको ५० प्रतिशत छुट दिने कम्पीले जनाएको छ । पुरानो बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशन गर्ने र कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले बताएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend