२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको तरकारी तथा फलफूलको बजार मूल्य


सञ्चार डबली
  • शुक्रबार, भदौ २८ २०८१
  • 6.8K
    SHARES

  • images
    यस्तो छ आजको तरकारी तथा फलफूलको बजार मूल्य


    काठमाडौं । आज कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्याज प्रतिकिलो अधिकतम १२५ रुपैयाँ छ । विगत एक महिनामा प्याज प्रतिकिलो करिब २५ रुपैयाँ महँगिएको छ । अघिल्लो दिनको तुलनामा यो स्थिर हो ।शुक्रबार घिउ सिमी ११ प्रतिशतले सस्तिएको छ भने हरियो फर्सी २२ र रायो साग १५ प्रतिशत महँगिएको छ । ठूलो गोलभेँडा पनि केही महँगिएको छ ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो ७० रुपैयाँ छ । कालीमाटीमा हाल स्कुस सबैभन्दा सस्तो छ । स्कुसको सिजन सुरु भएकाले यो तरकारी प्रतिकिलो अधिकतम २५ रुपैयाँमा कारोबार भएको छ ।

    रातो आलु ७२, स्थानीय गाजर १२०, स्थानीय काउली १००, लाम्चो भन्टा ४०, डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । तने बोडी ७०, घिउ सिमी ८०, टाटे सिमी ७०, तिते करेला प्रतिकिलो ७० रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend