२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

फोनपे र सिटिजन्स बैंकको सम्झौता, नेपालमा पहिलोपटक आफ्नै भर्चुअल क्रेडिट कार्ड


सञ्चार डबली
  • बिहीबार , भदौ २७ २०८१
  • 5.4K
    SHARES

  • images
    फोनपे र सिटिजन्स बैंकको सम्झौता, नेपालमा पहिलोपटक आफ्नै भर्चुअल क्रेडिट कार्ड

    बिहिवार, भदौ २७ २०८१
    काठमाडौँ - क्युआर कोडको अपार सफलतापछि नेपालमा पहिलो पटक आफ्नै भर्चुअल क्रेडिट कार्डको सुरुवात भएको छ। फोनपेले सिटिजन्स बैंकबाट यो सेवाको सुरुवात गरेको हो।

    सिटिजन्स फोनपे क्रेडिट कार्ड नाम दिइएको यो सुविधा नेपालको आफ्नै कार्ड स्किम हो। नेपालमा पहिलो पटक क्यूआर भुक्तानी र क्रेडिट कार्ड सेवालाई पूर्ण रूपमा भर्चुअल बनाइएको कम्पनीको दाबि छ।

    यसका साथै कम्पनीले मोबाइल एपमार्फत प्रयोगकर्तालाई तत्काल भर्चुअल कार्ड जारी गर्न सकिने र यसद्वारा १४ लाखभन्दा धेरै फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने बताएको छ । आफ्नो मासिक बजेटअनुरूप खर्च ट्याक गर्न सजिलो हने र ४५ दिन सम्म ब्याजरहित क्रेडिट अवधि सुविधा उपभोग गर्न सकिने कम्पनीको भनाइ छ ।

    कम्पनीका अनुसार ग्राहकले चाहेअनुसार पूर्ण रकम वा न्यूनतम भुक्तानी गर्न सकिनेछ । त्यसैगरी, विशेष योजनाका लागि ५० प्रतिशत तत्काल क्यासब्याक अफर राखिएको छ । भर्चुअल क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रतिप्रयोगकर्ता ५० प्रतिशत अर्थात् १ हजार रुपैयाँसम्मको रकमको क्यासब्याक अफर प्रदान गर्ने पनि कम्पनीले बताएको छ । सीमित समयको ल्याइएको यो अफर २०८१ भदौ २७ गतेबाट शुरु हुँदै छ । 

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलको यो नयाँ पहलले ग्राहकहरूको क्रेडिट र भुक्तानीको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गर्ने विश्वास लिएको बताए । उता फोनपेका सीईओ दिवस कुमारले पनि नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए ।

    उनका अनुसार नेपालमा क्रेडिट कार्डको प्रयोग २ प्रतिशतभन्दा कम भएको अवस्थामा यो भर्चुअल क्रेडिट कार्डले यो कमी पूरा गर्दै स्थानीयदेखि ठूला व्यापारीहरूसम्मको नेटवर्कमा तुरुन्त पहुँच पुऱ्याउनेछ । उनी भन्छन्, यो केवल नयाँ सेवाको शुरुवात नभई सम्पूर्ण नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर लचक र अनुकूल समाधान सृजना गर्ने प्रयास हो ।

    सिटिजन्स फोनपे क्रेडिट कार्ड पूर्ण रूपमा डिजिटल कार्ड हो । यसले फोनपे नेटवर्कमा क्यूआर भुक्तानी, अनलाइन वा ईकमर्स भुक्तानी र ईएमआई कन्भर्जनजस्ता सुविधा दिने विज्ञप्तिमा उल्लेख छ । यसमा ग्राहकले कार्ड व्यवस्थापन, लिमिट कन्ट्रोल र स्टेटमेन्ट डेलिभरीजस्ता सुविधा पाउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend