२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

काठमाडौँमा १००+ पन्च इभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरु 


सञ्चार डबली
  • बुधबार, भदौ २६ २०८१
  • 7.7K
    SHARES

  • images
    काठमाडौँमा १००+ पन्च इभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरु 

    २६ भदौ, काठमाडौं ।
    टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको  १ हप्तामा १००+ युनिट काठमाडौँमा डेलिभरी गरिसकेको छ । पन्च इभीको नाडाको पहिलो दिनमै १००+ बुकिङ्ग लिएर बिक्रि सुरु भएको थियो ।

    पन्च इभीको बुकिङ्ग उत्साहजनक रहेको र अब कम्पनिको जिम्मेबारी जति सक्दो छिटो, बुकिङ्ग गर्नु भएको ग्राहकलाई गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताउनुहुन्छ । साथै पन्च इभीको रिजनल लन्च बिर्तामोडबाट सुरु भइसकेको छ ।

    टाटा पन्च इभीको शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ  सेगमेन्ट माथिको विशेषताहरु – भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो / एप्पल कार प्लेको आनन्द लिन सक्नु हुन्छ । पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९०मिमि रहेको छ भने यो गाडी GNCAP मा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend