२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी


सञ्चार डबली
  • बुधबार, भदौ २६ २०८१
  • 5.4K
    SHARES

  • images
    सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी

    काठमाडौं, भदौ २६ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्नेछ ।  

    पोष्टम एप, पोष्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो । जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरुको श्रृजना गर्न सक्छन र ती श्रृजना गरिएका प्रस्तुतिहरुलाई विभिन्न माध्यम मार्फत मोनिटाइज गर्न सकिन्छ ।

    यो एप मार्फत श्रृजनाकर्ताहरूले बिभिन्न विधामा जस्तै यात्रा,  मनोरञ्जन, सेवा, मोटर वाहन, जानकारीमूलक , रचनात्मक र अन्य  चुनौतीहरूमा केन्द्रित रहेर कन्टेन्ट निर्माण गर्न सक्नेछन । यसरी सामाग्री बनाएर आय श्रुजना गर्ने पोष्टमका प्रयोगकर्तालाई प्रभावकारी वित्तीय पहुँच सिटिजन्स बैंकले दिलाउँने बैंकले जनाएको छ ।  

    प्रयोगकर्ताहरुले आफ्नो कमाईलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याएर सुरक्षित राख्न सक्नेछन । यस सहकार्यले श्रृजनाकर्ताहरूलाई उनीहरूको आम्दानी सिधै उनीहरूको सिटिजन्स बैंक खातामा जम्मा गरी झिक्न अनुमति दिएर वित्तीय प्रक्रियालाई सरलीकृत र सुव्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।

    सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट करिब १८ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend