२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल एसबिआई बैंक लिमिटेडको भैरहवा शाखा स्थानान्तर, नयाँ परिसरबाट सेवा सुभारम्भ


सञ्चार डबली
  • मंगलबार, भदौ २५ २०८१
  • 9.3K
    SHARES

  • images
    नेपाल एसबिआई बैंक लिमिटेडको भैरहवा शाखा स्थानान्तर, नयाँ परिसरबाट सेवा सुभारम्भ

    काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले आफ्नो सिद्धार्थ नगरनगरपालिका–०५, बैंक रोड, भैरहवा,रुपन्देहीमा अवस्थित शाखाकार्यालय सोही नगरपालिकाको वडा नं.०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ। उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंक लि. का प्रबन्धनिर्देशक तथा प्रमुखकार्यकारी अधिकृत श्री दीपक कुमार देले गरेका थिए ।

    उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत श्री राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत श्री यादवेंद्र कांत, प्रमुखकर्जा अधिकृत, श्री अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत श्री रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

    हाल यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरटे अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेवर्क मार्फत सेवाप्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend