२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

५५ अंकले घट्यो सेयर बजार, ९ अर्बको कारोबार


सञ्चार डबली
  • सोमबार, भदौ २४ २०८१
  • 6.3K
    SHARES

  • images
    ५५ अंकले घट्यो सेयर बजार, ९ अर्बको कारोबार

    काठमाडौं, भदौ २४ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.०६ प्रतिशत अर्थात ५५.८६ अंकले घटेर २ हजार ६४६.०३ विन्दुमा सीमित बनेको छ ।

    यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशतले घटेर ४६९.१८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

    आजको बजारबारे बजार जानकार अजयसिंह थापा भन्छन्,  ‘अहिले केही साना लगानीकर्ता आत्तिएका कारण बजारमा बिक्री दबाब परेको छ । तर बजार बुलिस नै रहेको छ । घट्दो बजारमा केही संस्थागत र ठूला लगानीकर्ता समेत प्रवेश गर्ने भएकाले बजार मजबुत नै रहन्छ ।’

    बजारले आज २६८० को विन्दुलाई ब्रेक गरेर तल गएकाले अब दशैं अघिनै नयाँ उचाई छुने सम्भावना भने नरहेको थापाले बताए । थापाले २६३० को विन्द्ुबाट बजारले रिभर्सल लिन सक्ने आँकलन गरे ।  

    अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरेले भने,‘अहिलेको घटाई बुलभित्रकै करेक्सन हो । बजार जसरी बढेको थियो,त्यसरी नै घटिरहेको छ । बजारमा ब्याजदर बढ्ने ,सेयर लोन सकिएको र सरकार परिवर्तन हुने जस्ता अफवाहले गर्दा बजारपा दबाब परेको छ । जसमा कुनै पनि सत्यता छैन ।’

    दशैंको खर्चले बजारलाई प्रभाव नपार्ने र ढिलो चाडो बजार फर्केनेमा घिमिरे विश्वस्त देखिए ।      

    यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात २.६७ प्रतिशतले घट्यो । बैंकिङ समूह आज २.२८ प्रतिशत, विकास बैंक १.८७,वित्त २.२७, हाईड्रो २.४४,लगानी ०.३४,जीवन बीमा २.४९,उत्पादन तथा प्रशोधन १.२५,लघुवित्त २.३३,म्युचुअल फण्ड ०.९४,निर्जीवन बीमा २.४५,अन्य १.८३ र व्यापार समूह ०.३५ प्रतिशतले घटेको छ ।  

    धेरै कारोबार गर्ने कम्पनीहरु

    यो दिन सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३७ करोड बढीको सेयर कारोबार भयो । यस्तै आज हिमालयन रि इन्स्योरेन्सको २७ करोड ९४ लाख, हाथवे इन्भेष्टमेन्टको २३ करोड ९२ लाख,एचआईडीसीएलपीको २३ करोड १५ लाख र अपि पावरको २१ करोड ४५ लाख बढीको सेयर कारोबार  भयो ।  

    धरै कमाउने र गुमाउने कम्पनीहरु

    आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य सर्वाधिक अर्थात ८.९८ प्रतिशतले बढ्यो । नेपाल वेयरहाउजिङको सेयरमूल्य आज ७.५९ प्रतिशत,इमर्जिङ नेपालको सेयरमूल्य ६.३८ प्रतिशत,सिईडिबी हाईड्रोको ६.२१ र स्वरोजगार लघुवित्तको ५.८७ प्रतिशतले बढ्यो ।  

    यो दिन उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ७.७८ प्रतिशतले घट्यो । श्रृजनशिल लघुवित्तको सेयरमूल्य आज ७.०२ प्रतिशत,सपोर्ट लघुवित्तको ६.९७,मनकामना स्मार्ट लघुवित्तको ६.८५ र युनिक नेपाल लघुवित्तको ६.५० प्रतिशतले घट्यो ।   

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend