२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

१३ करोड कित्ता अग्राधिकार शेयर निष्काशन गर्दै यी चार वटा बैंक


सञ्चार डबली
  • सोमबार, भदौ २४ २०८१
  • 6.9K
    SHARES

  • images
    १३ करोड कित्ता अग्राधिकार शेयर निष्काशन गर्दै यी चार वटा बैंक


    काठमाडौं । चार वटा बैंकहरुले १३ करोड ३५ लाख कित्ता अग्राधिकार शेयर निष्काशन गर्ने भएका छन् । बैंकहरु पूँजीकोषको दबाबका कारण व्यवसाय विस्तार गर्न नसकेपछि अग्राधिकार शेयर जारी गर्न लागेका हुन् । नबिल बैंक, एनआइसी एशिया बैंक, एमएमबि बैंक र कामना सेवा विकास बैंकसहित चार बैंकले अग्राधिकार शेयर जारी गर्ने तयारी गरेका छन् ।

    तीमध्ये नबिल बैंकले अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकको भदौ १७ गते सम्पन्न विशेष साधारण सभाले ५ अर्ब रुपैयाँ बराबरको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

    त्यस्तै एनआईसी एशिया बैंकले ५ करोड कित्ता अग्राधिकार शेयर जारी गर्न लागेको हो । यसको ब्याजदर ८ दशमलव ५ प्रतिशत छ । त्यस्तै एनएमबि बैंकले ३ करोड कित्ता र कामना सेवा विकास बैंकले ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार जारी गर्ने निर्णय गरेका हुन । एनएमबि बैंकको ब्याजदर ८ दशलमव २५ प्रतिशत रहेको छ भने कामना सेवा विकास बैंकको ब्याजदर ९ प्रतिशत छ ।

    गत आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाहरूको पूँजी कोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गर्ने विषय उल्लेख गरेपछि बैंकहरूले पूँजी जुटाउने प्रक्रिया अघि बढाएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend