२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब तरलता उठाउँदै


सञ्चार डबली
  • आइतबार, भदौ २३ २०८१
  • 6.8K
    SHARES

  • images
    आज राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब तरलता उठाउँदै

    काठमाडौं, भदौ २३ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब रुपैयाँ तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

    २ भदौमा निक्षेप संकलन उपकरण मार्फत १ खर्ब खिचेकोमा आइतबार उक्त उपकरण परिपक्व हुँदैछ । उक्त उपकरणको सावाँ ब्याज भुक्तानी हुने दिन नै पुन २१ दिनका लागि १ खर्बको  निक्षेप संकलन उपकरण बोलकबोल हुने भएको हो ।

    यसअघि १२ भदौ र १९ भदौमा ४०/४० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएको थियो थियो । जसमध्ये  १२ भदौमा २२ अर्ब २० करोड  र १९ भदौमा ३७ अर्ब ८० करोड निष्कासन गरेको थियो । २१ दिन अवधिको दुवै उपकरण परिपक्व हुन बाँकी छ ।

    चालु आर्थिक वर्ष लागेपछि नेपाल राष्ट्र बैंकले  २ अर्ब ४६ अर्ब ४० करोड रुपैयाँ तरलता निक्षेप संकलन उपकरण मार्फत प्रशोचन गरीसकेको छ । जसनभ्ये १ खर्ब ५८ अर्ब ६० करोड बक्यौता छ । १ खर्ब आज परिपक्व हुन लागेकोमा १ खर्ब खिच्ने भएको हो ।

    यसबाहेक स्थायी निक्षेप सुविधा अन्तर्गत  ५६ खर्ब ७५ अर्ब १० करोड तललता खिचेको छ । जसमध्ये १ खर्ब २० अर्ब १५ करोड बक्यौता छ । चालु आवमा  २१ खर्ब २१ अर्ब ५० करोड तरलता खिचेकोमा  २ अर्ब ७८ अर्ब ७५ करोड बक्यौता रहेको केन्द्रीय बैंकले  जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend