२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 यसवर्षको दशैंमा सहुलियत पसल बढाउने, खसी बोका र च्यांङ्ग्रा घटाउने


सञ्चार डबली
  • आइतबार, भदौ २३ २०८१
  • 5.9K
    SHARES

  • images
     यसवर्षको दशैंमा सहुलियत पसल बढाउने, खसी बोका र च्यांङ्ग्रा घटाउने


    काठमाडौं । यसवर्षको दशैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १५०० खसी बोको ल्याउने तयारी गरेको छ । गतवर्ष १६५९ वटा खसी बोका ल्याएको कम्पनीले यसवर्ष केही घटाउने तयारी गरेको हो ।  त्यस्तै  कम्पनीले साल्ट ट्रेृडिङ कर्पोरेसनसँगको सहकार्यमा यसवर्ष ६० भन्दा  सहुलियत पसल सञ्चालनमा ल्याउने तयारी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाकारी दिएको छ । 

    गत वर्ष साल्ट  ट्रेडिङले  उपत्यकाको ११ सहित ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरेको थियो । खाद्य कम्पनीले उपत्यकामा पाँच स्थानमा र उपत्यकाबाहिर १८ स्थानमा गरी कुल २३ वटा स्थानमा सहुलियत पसल सञ्चालन गरेको थियो । डिडिसीले उपत्यकाभित्रका चार र उपत्यकाबाहिर ११ गरी १५ वटा सहुलियत पसल सञ्चालन गरेको थियो । अघिल्लो वर्षभन्दा यो वर्ष सहुलियत पसल बढाउने भएको छ । कम्पनीले अघिल्लो वर्ष ४९ वटा स्थानमा  राखेको थियो भने यो वर्ष ६१ स्थानमा राख्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

    त्यस्तै च्यांग्रा  गतवर्षको भन्दा घटाउने तयारी छ । अघिल्लो वर्ष ३००  वटा ल्याएको यसवर्ष २५० ल्याउने प्रारम्भिक तयारी रहेको छ । अघिल्लो वर्ष ल्याएको च्यांग्राको  गुणस्तामा उपभोक्ताहरुले कम्पनी माथि प्रश्न उठाएका थिए । धेरै च्यांग्रा ल्याएको कम्पनीले १६ वटा च्यांग्रालाई चितुवाले कम्पनीकोखोरमै गएर मारेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend