२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

९० अंकले घट्यो सेयर बजार, १२ अर्बको कारोबार


सञ्चार डबली
  • बुधबार, भदौ १९ २०८१
  • 6.9K
    SHARES

  • images
    ९० अंकले घट्यो सेयर बजार, १२ अर्बको कारोबार

    काठमाडौँ , भदौ १९ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक ३.२० प्रतिशत अर्थात ९०.७३ अंकले घटेर २ हजार ७३९.४६ विन्दुमा सीमित बनेको छ ।

    यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.२३ प्रतिशतले घटेर ४८८.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

    आजको बजारबारे बजार जानकार सुमन कुमार रिजाल भन्छन्,  ‘सोमबार १०० अंक बढीले बढेको बजारमा आज बजारमा नाफा बुक भएको छ । केही लगानीकर्ताले बजारमा आत्तिएर छिटो–छिटो बेच्दा बजारमा उच्च उतारचढाव आएको छ ।’

    रिजालले केही दिनमा नै बजारमा बाउन्सब्याक आउने र बजार दशैं अघि २९ सय विन्दुभन्दा माथि नै पुग्ने बताए ।  

    अर्का बजार जानकार  सुवासचन्द्र ढुङ्गानाले बजारले २८६० मा प्रतिरोध सामना गरेको बजारमा आज ठूलो अंकको करेक्सन देखिएको बताए । ‘यद्यपी यो  बुलभित्रकै करेक्सन भएकोले दीर्घकालका लागि यो लगानी गर्ने उपयुक्त समय हो ।’  

    यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा गिरावट आयो । आज वित्त समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ५.१५ प्रतिशतले घट्यो । यस्तै आज विकास बैंक समूह ३.१७ प्रतिशत,विकास बैंक २.२९,होटल ४.४७,हाईड्रो ३.५९,लगानी ३.५६,जीवन बीमा ३.७१,उत्पादन तथा प्रशोधन २.५५,लघुवित्त १.३८,म्युचुअल फण्ड १.३७,निर्जीवन बीमा २.७३,अन्य ३.७८ र व्यापार समूह २.६३ प्रतिशतले घट्यो ।  

    धेरै कारोबार गर्ने कम्पनीहरु

    यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३० करोड ५२ लाख बढीको कारोबार भयो । एक्सेल डेभलपमेन्ट बैंकको आज ३० करोड १५ लाख,हिमालयन रि इन्स्योरेन्सको २९ करोड ८० लाख,एनएलजी इन्स्योरेन्सको २८ करोड ३३ लाख र सानिमा रिलायन्स लाइफको २८ करोड २२ लाख बढीको सेयर कारोबार  भयो ।  

    धरै कमाउने र गुमाउने कम्पनीहरु

    आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज एक्सेल डेभलपमेन्ट बैंक,विन नेपाल लघुवित्त,सामूदायिक लघुवित्त,समाज लघुवित्त र इष्टर्न हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो । यस्तै आज एशियन हाईड्रोको सेयरमूल्य ८.९१ प्रतिशत,धौलागिरी लघुवित्तको ८.४४,मानुषी लघुवित्तको ५.९३,उन्नती सहकार्य लघुवित्तको ४.५१ र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशतले बढ्यो ।  

    यो दिन गुडविल फाइनान्सको सेयरमूल्य ८.४१ प्रतिशतले घट्यो । हिमालयन पावर पार्टनरको सेयरमूल्य ७.६३ प्रतिशत र सुपरमाई हाईड्रोपावरको ७.४८ प्रतिशतले घट्यो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend