२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबिच सम्झौता पत्रमा हस्ताक्षर, २५ प्रतिशतसम्म कर्पोरेट डिस्काउन्ट


सञ्चार डबली
  • मंगलबार, भदौ १८ २०८१
  • 7.6K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबिच सम्झौता पत्रमा हस्ताक्षर, २५ प्रतिशतसम्म कर्पोरेट डिस्काउन्ट

    मंगलवार, भदौ १८ २०८१
    काठमाडौँ - काठमाडौँस्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नगरकोट भक्तपुरस्थित होटल भ्यु पोइन्टबिच सम्झौता भएको छ । बैंकका ग्राहक, शेयरधनी र बैंकका कर्मचारीहरूलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्यले बैंक र होटलबिच सम्झौता भएको हो ।

    सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका काठमाडौँ क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट  होटलका प्रबन्धक निर्देशक दिनेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी होटल भ्यु पोइन्टमा बैंकका ग्राहक महानुभावहरूलाई सेवामा २० प्रतिशत तथा बैंकका शेयरधनी र कर्मचारीहरूलाई सेवामा २५ प्रतिशत कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

    यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरू तथा ग्राहकहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा फाइदा पुग्ने विश्वास रहेको बैंकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend