२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?


सञ्चार डबली
  • मंगलबार, भदौ १८ २०८१
  • 7.3K
    SHARES

  • images
    सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

    काठमाडौँ, भदौ १८ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.९० अंकले बढेर २ हजार ८३०.१६ विन्दुमा पुगेको छ ।

    यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ५०४.८९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

    आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘पछिल्लो समय करिब ४८ प्रतिशतले बढेको बजारमा १२ प्रतिशतको करेक्सन आएको छ । यसलाई स्वस्थ करेक्सन मान्न सकिन्छ । अघिल्लो दिन उच्च अंकले बढेको बजार आज झिनो अंकले बढेको छ । जुन सकारात्मक पक्ष हो ।’

    हिजोको तुलनामा कारोबार पनि बढेको र यसले बजार करिब ३ हजार विन्दुसम्म पुग्न सक्ने विष्टले बताए ।  

    अर्का बजार जानकार नीमानन्द कंडेलले हिजो ठूलो अंकले बढेको बजार आज पनि बढेरै बन्द हुनु सकारात्मक भएको बताए । ‘आज किन्ने र बेच्ने दुवै पक्ष पर्ख र हेरको अवस्थामा बस्दा बजार सामान्य अंकले बढेको छ ।’

    अब बजार आक्रामक रुपमा नबढेतापनि दशैं अघिसम्म बढोत्तरी कायमै रहने दाबी उनले गरे ।      

    यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली र ८ वटा समूहमा रातो पोतियो । आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै बढ्यो । यो समूह आज ४.७८ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह १.३२ प्रतिशत,होटल ०.६५,जीवन बीमा २.२८ र लघुवित्त समूह ०.३६ प्रतिशतले बढ्यो ।  

    यस्तै आज बैंकिङ समूह ०.६७ प्रतिशत, वित्त समूह १.५७,हाईड्रो ०.५०,लगानी ०.४४,उत्पादन तथा प्रशोधन ०.१४,म्युचुअल फण्ड ०.०३,अन्य ०.१८ र व्यापार समूह ०.४१ प्रतिशतले घट्यो ।  

    धेरै कारोबार गर्ने कम्पनीहरु

    यो दिन एनएलजी इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३४ करोड ७२ लाख बढीको सेयर कारोबार भयो । यस्तै गूडविल फाइनान्सको २९ करोड ५४ लाख, सानिमा रिलायन्स लाइफको २८ करोड २६ लाख,अपि पावरको २६ करोड ४४ लाख र हिमालयन रि इन्स्योरेन्स कम्पनीको २५ करोड ३७ लाख बढीको सेयर कारोबार  भयो ।  

    धरै कमाउने र गुमाउने कम्पनीहरु

    आज नेप्सेमा कारोबार भएका १२ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक,मातृभूमि लघुवित्त,ग्रिन डेभलपमेन्ट बैंक,विन नेपाल लघुवित्त,मानुषि लघुवित्त,विन्द्यवासिनी हाईड्रोपावर,इष्टर्न हाईड्रोपावर,सप्तकोशी डेभलपमेन्ट बैंक,कर्पोरेट डेभलपमेन्ट बैंक,आत्मनिर्भर लघुवित्त र उपकार लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

    यो दिन हिमालयन पावर पार्टनर सबैभन्दा धेरै गुमाउने कम्पनीका रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य ८.८६ प्रतिशतले घट्यो । यस्तै दोल्ती पावरको सेयरमूल्य ८.४७ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.४७ प्रतिशतले घट्यो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend