२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल एसबिआई बैंकका ग्राहकहरूले बुद्ध एयरको टिकटमा छुट पाउने


सञ्चार डबली
  • सोमबार, भदौ १७ २०८१
  • 7.3K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकका ग्राहकहरूले बुद्ध एयरको टिकटमा छुट पाउने

    सोमवार, भदौ १७ २०८१

    काठमाडौँ - नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकहरूले बुद्ध एयरको टिकटमा छुट पाउने भएका छन् । नेपाल एसबिआई बैंक र बुद्ध एयर प्रा.लि.बीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । 

    उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र बुद्ध एयर सञ्चालक रुपेश जोशीले हस्ताक्षर गरेका थिए । 

    उक्त कार्यक्रममा बैंकका सल्लाहकार, छपिराज पन्त, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक, प्रबिन मुनि बज्रचार्य लगायतको उपस्थिति थियो ।

    हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend