२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

उद्यमशीलता प्रवर्द्धनका लागि कुमारी बैंकले क्युआर कारोबारकै धितोमा कर्जा दिने


सञ्चार डबली
  • सोमबार, भदौ १७ २०८१
  • 6.9K
    SHARES

  • images
    उद्यमशीलता प्रवर्द्धनका लागि कुमारी बैंकले क्युआर कारोबारकै धितोमा कर्जा दिने


    काठमाडौं । कुमारी बैंकले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिरहेको छ । देशका हरेक भागमा रहेका उद्यमशीलता प्रवर्द्धनका लागि ”देशैभरि वर्षैभरि“ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीहरूलाई वित्तीय सबलता प्रदान गर्ने हेतुले यो योजना सञ्चालन गरिरहेको हो । 

    यस योजना अन्तर्गत उद्यमीहरूले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरूमा आफ्ना व्यवसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबारहरू लगातार ४ हप्ता भई मासिक कम्तीमा दश हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरूले दुई लाख सम्मको कर्जा कुनै पनि कागजात वा धितो बिना नै कुमारी बैंकको मोबाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सक्ने छन् । 

    यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फत नै गर्न सकिने भएकोले व्यवसायीहरू कर्जा लिन तथा तिर्नका लागि बैंक जानु पर्ने छैन । यस सुविधाबाट साना उद्यमीहरू सहजै औपचारिक वित्तीय संयन्त्रमा आकर्षित हुने तथा उनीहरूको उद्यमशीलता प्रवर्द्धनमा केही टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend