२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्य, महँगियो रायोको साग र कुरीलो


सञ्चार डबली
  • सोमबार, भदौ १७ २०८१
  • 6.4K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्य, महँगियो रायोको साग र कुरीलो


    काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज केही तरकारी र फलफूलको भाउ बढेको छ । मूल्यसूची अनुसार आज रायोको साग प्रतिकेजी करिब ७५ रुपैयाँ र कुरीलो ३८ रुपैयाँभन्दा बढीले महँगिएको हो । यसअघि प्रतिकेजी ११८ रुपैयाँ ७५ पैसा रहेको रायोको सागको भाउ बढेर आज १९३ रुपैयाँ ३३ पैसा र कुरीलो ३९५ रुपैयाँबाट बढेर ४३३ रुपैयाँ ३३ पैसा पुगेको छ । 

    त्यस्तै, स्थानीय काउलीको भाउ प्रतिकेजी १३० रुपैयाँबाट बढेर १५६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ११५ रुपैयाँबाट बढेर १२६ रुपैयाँ ६७ पैसा पुगेको छ । त्यस्तै, चिचिण्डो प्रतिकेजी ४३ रुपैयाँ ३३ पैसा, घिरौला ८० रुपैयाँ, झिगुनी ५६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ५३ रुपैयाँ ३३ पैसा, हरियो फर्सी ५५ रुपैयाँ, पिंडालू ७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ८५ रुपैयाँ, हरियो प्याज ३७५ रुपैयाँ पुगेको छ । 

    यसैगरी, न्यूरो प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली २२३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी र पुदीना ६५० रुपैयाँ, कागती २७५ रुपैयाँ, अनार ३९० रुपैयाँ र लोकल काक्रो ५९ रुपैयाँ पुगेको छ भने हरियो खुर्सानी ९६ रुपैयाँ पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend