२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एनआईसी एसिया बैङ्कद्वारा लिलाम विक्री पोर्टल सार्वजनिक


सञ्चार डबली
  • शनिबार, भदौ १५ २०८१
  • 8.2K
    SHARES

  • images
    एनआईसी एसिया बैङ्कद्वारा लिलाम विक्री पोर्टल सार्वजनिक


    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरू, गैर बैंकिङ सम्पत्ति, तथा धितो सुरक्षणमा रहेको सम्पत्तिको लिलाम बिक्रीको लागि अनलाइन पोर्टल सार्वजनिक गरेको छ। यस पोर्टलमार्फत ग्राहकहरूले बैंकले लिलाम बिक्रीमा राखेको सम्पत्तिसम्बन्धी सबै प्रकारका जानकारीहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

    बैंकले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमा लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विवरणहरू—कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा, र गुगल म्यापद्वारा स्थान पहिचानसहित—एकै ठाउँमा उपलब्ध हुनेछ।

    ग्राहकहरूको सहजताको लागि, लिलाम बिक्री सम्बन्धी प्रकाशित सूचनामा रहेको क्युआर कोड स्क्यान गरी पोर्टलमा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ। इच्छुक ग्राहकहरूले कुनै सम्पत्तिको बारेमा थप जानकारी आवश्यक परेमा सोही पोर्टलमा उपलब्ध म्यासेज बक्समा आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर, र सम्पर्क ठेगाना राखेर म्यासेज पठाउन सक्नेछन्।

    यस पोर्टलको सञ्चालनले इच्छुक ग्राहकहरूले लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको विस्तृत जानकारी सहजै प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ। साथै, पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैर बैंकिङ सम्पत्ति, र धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्री सम्बन्धी सूचनाहरू प्रकाशित गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend