२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

माछापुच्छ्रे बैंक लि.र बिगमार्टबीच डिजिटल कारोबारलाई प्रर्वधन गर्ने सम्झौता


सञ्चार डबली
  • शुक्रबार, भदौ १४ २०८१
  • 6.6K
    SHARES

  • images
    माछापुच्छ्रे बैंक लि.र बिगमार्टबीच डिजिटल कारोबारलाई प्रर्वधन गर्ने सम्झौता


    काठमाडौं । माछापुच्छ्रे बैंक र Mega Mart Pvt Ltd (Big Mart Pvt. ltd) बीच डिजिटल कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ ।

    सम्झौता पश्चात देश भरि रहेका Big Mart का आउटलेटहरुबाट माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकले उपल्बध गराएका विीभन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरु पाउनेछन् ।

    यसै बीच बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस (POS) बाट Big Mart मा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २०० सम्मको क्यासब्याक प्रदान गर्ने छ ।

    माछापुच्छ्रे बैंक लि.ले देशभर रहेका ३०० भन्दा बढि विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस सम्झौताले गर्दा ग्राहकहरुलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संध संस्थाहरु लाई व्यापार प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ ।

    साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

    माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ्ग सेवा, २०० एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend