२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

ग्लोबल आइएमई बैंक र एमएडब्लु वृद्धिबीच विशेष सम्झौता


सञ्चार डबली
  • शुक्रबार, भदौ १४ २०८१
  • 6.7K
    SHARES

  • images
    ग्लोबल आइएमई बैंक र एमएडब्लु वृद्धिबीच विशेष सम्झौता


    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रा.लि. तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रा।लि।का ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका छन्।

    समझदारी अनुसार एमएडब्लु वृद्धि मोटर्स एवं एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय गाडीहरू दीपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीहरूले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको तीन कार्यदिनभित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गरिनेछ।

    दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडीहरु नेपाली प्रयोगकर्ताहरूमाझ लोकप्रिय छ भने नाम्मी ब्राण्डको नयाँ विद्युतीय गाडीले पनि नेपाली बजारमा बिक्री थालिसकेको छ।ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको दाबी गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend