२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कुमारी बैंक र र्‍याडिसन होटलबीच सम्झौता, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने


सञ्चार डबली
  • बिहीबार , भदौ १३ २०८१
  • 7.9K
    SHARES

  • images
    कुमारी बैंक र र्‍याडिसन होटलबीच सम्झौता, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

    काठमाडौं । कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटल लाजिम्पाट, काठमाडौँबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको हो ।

    सम्झौता अनुसार कुमारी बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले र्‍याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत, पेस्ट्री सपमा १० प्रतिशत, फिटनेससम्बन्धी सेवामा २० प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    यस सुविधाबाट बैंकका सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरू सहुलियतदरमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend