२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गोरक्ष हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, असोज ३ गते बोलायो दुई आर्थिक वर्षको वार्षिक साधारणसभा


सञ्चार डबली
  • मंगलबार, भदौ ११ २०८१
  • 5.0K
    SHARES

  • images
    गोरक्ष हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, असोज ३ गते बोलायो  दुई आर्थिक वर्षको वार्षिक साधारणसभा

    काठमाडौँ, भदौ ११ । गोरक्ष हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सोही प्रयोजनका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

    कम्पनीको गत भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनसहितका प्रस्तावहरु पारित गर्न आगामी असोज ३ गते एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको हो । सभा काठमाडौँको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

    सभाले दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक लेखापरीक्षण प्रतिवेदन, अनुसूचीसहितको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्नेछ ।

    त्यसैगरी सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब ५० करोड पुर्याउने, जारी पुँजी १ अर्ब ३० करोड पुर्याउने तथा जारी पुँजीको १० प्रतिशतले हुन आउने शेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा १५ प्रतिशतले हुन आउने शेयर संस्थाका कर्मचारी तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै, सभाले संस्थापक समूहमध्येबाट ३ जना र १ जना व्यावसायिक विशेषज्ञ सञ्चालक चयन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend