२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल बैंकको तीज अफर : महिला बचत खातामा डिजिटल प्रोडक्ट तथा लकर सेवामा कमिशन छुट


सञ्चार डबली
  • सोमबार, भदौ १० २०८१
  • 7.2K
    SHARES

  • images
    नेपाल बैंकको तीज अफर : महिला बचत खातामा डिजिटल प्रोडक्ट तथा लकर सेवामा कमिशन छुट

    सोमवार, भदौ १० २०८१
    काठमाडौँ - नेपाल बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा अफर सार्वजनिक गरेको छ । बैंकले नेपाली नारीहरूको पर्व हरितालिका तीजको अवसरमा महिलाहरूको वित्तीय पहुँच र समावेशीकरणको वृद्धिका लागि तीज विशेष अफर ल्याएको हो ।

    सो अवसर अन्तर्गत बैंकले भदौ १ गतेदेखि ३१ गतेसम्म लागू हुने गरी महिला बचत खाता शून्य मौज्दातमा खोल्न सकिने जनाएको छ ।

    साथै, पहिलो वर्षको लागि डेबिट कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता, मेरो सेयर, सी आस्वा रजिष्ट्रेसन सेवा निःशुल्क गर्ने साथै लकर सेवामा राख्नुपर्ने धरौटी रकम राख्नु नपर्ने तथा कमिशन शुल्कमा समेत शत प्रतिशत छुट प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।

    हाल बैंकमा करीव ४३ प्रतिशत महीला कर्मचारीहरु कार्यरत रहेको तथा संविधानको मर्म अनुकूल समावेशि सिन्द्धान्त अनुसार कर्मचारीहरु नियुक्ति भई कार्यरत बैंक नेपालीको साच्चिकै आफ्नो बैंक भएकोे छ ।

    बैंकले हाल नेपालभर २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा सञ्चालन गरिरहेको छ । साथै आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्दै जाने बैंकले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend