२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 एनआईसी एशिया बैंकले जित्यो  ‘बेस्ट इन डिजीटल बैंकिङ अवार्ड’


सञ्चार डबली
  • सोमबार, भदौ १० २०८१
  • 9.3K
    SHARES

  • images
     एनआईसी एशिया बैंकले जित्यो  ‘बेस्ट इन डिजीटल बैंकिङ अवार्ड’


    काठमाडौं । नेपालको एनआईसी एसिया बैंकले बेस्ट डिजिटल बैंकिङ्ग अवार्ड जितेको छ । इण्डियन चेम्बर अफ कमर्सको ‘दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ्ग अवार्ड’ अन्तर्गतको ‘बेस्ट डिजिटल बैंकिङ्ग अवार्ड’ एनआईसी एसिया बैंकले जितेको हो ।

    २०२४ अगष्ट २३ मा भारतको नयाँदिल्लीमा आयोजित ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा एनआईसी एसिया बैंकले उक्त अवार्ड प्राप्त गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवम् प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।

    उनका अनुसार यस अवार्डमा विमस्टेक अन्तर्गत नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका राष्ट्रका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट एनआईसी एसिया बैंकले पनि अवार्ड प्राप्त गर्न सफल भएको हो ।

    यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन चेम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो ।अवार्ड पाउँदा डिजिटल बैंकिङ्गको क्षेत्रमा अझ बढी काम गर्ने उत्पे्ररणा जागेको बैंकले जनाएको छ । ‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको एनआईसी एसिया बैंकले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend