२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एक वर्षमा कति प्रतिशतले बढ्यो शेयर कर्जा, कुन बैंकले कति दिए ?


सञ्चार डबली
  • सोमबार, भदौ १० २०८१
  • 6.5K
    SHARES

  • images
    एक वर्षमा कति प्रतिशतले बढ्यो शेयर कर्जा, कुन बैंकले कति दिए ?

    काठमाडौँ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ बराबरकाे शेयर कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आथिर्क वर्ष २०८०/८१ मा साे रकम बराबरकाे शेयर कर्जा प्रवाह गरेका हुन् ।

    अघिल्लाे आवको तुलनामा बैंकहरूको शेयर कर्जा विस्तारमा १९.८८ प्रतिशतले वृद्धि भएको छ । गत आवमा ७० अर्ब माथि शेयर कर्जा प्रवाह गरेका वाणिज्य बैंकले अघिल्लो आर्थिक वर्षमा बैंकहरूले ५८ अर्ब ६७ करोड ९० लाख रुपैयाँको शेयर कर्जा प्रवाह गरेका थिए।

    समिक्षा वर्षमा नबिल बैंकले सबैभन्दा धेरै ११ अर्ब ४२ करोड ७८ लाख रुपैयाँको कर्जा प्रवाह गरेको छ । शेयर कर्जा धेरै प्रवाह गर्ने वाणिज्य बैंकमा दाेस्राेमा ग्लोबल आइएमई बैंकले ७ अर्ब ५१ कराेड ७३ लाख रूपैयाँ कर्जा प्रवाह गरेकाे छ ।

    त्यस्तै, नेपाल बैंक ६ कराेड ७८ कराेड, सिद्धार्थ बैंक ५ अर्ब ७८ कराेड, सिटिजन्स बैंक ४ अर्ब ८० कराेड, कुमारी बैंक ४ अर्ब ३७ कराेड, राष्ट्रिय वाणिज्य बैंक ४ अर्ब २६ कराेड, प्राइम कमसिर्यल बैंक ४ अर्ब ५ कराेड, एनआइसी एशिया बैंक ३ अर्ब ९६ करोड ९० लाख, लक्ष्मी सनराइज बैंक ३ अर्ब ३८ कराेड, प्रभु बैंक ३ अर्ब १८ कराेड, एभरेष्ट बैंक २ अर्ब २ कराेड शेयर कर्जा प्रवाह गरेका छन् ।

    यसैगरी हिमालयन बैंक २ अर्ब १ कराेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १ अर्ब ८५ कराेड, सानिमा बैंक १ अर्ब ६५ कराेड, कृषि विकास बैंक १ अर्ब ५९ कराेड, एनएमबि बैंक ९८ कराेड, माछापुच्छ्रे बैंक ४६ कराेड र नेपाल एसबिआई बैंकले २० कराेड शेयर कर्जा प्रवाह गरेका छन् । हुन हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने शेयर कर्जा दिएकाे छैन।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend