२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गरिमा विकास बैंक ‘द बेस्ट बेस्ट इन एक्सेस’ क्वालिटी अवार्डबाट सम्मानित


सञ्चार डबली
  • आइतबार, भदौ ९ २०८१
  • 6.4K
    SHARES

  • images
    गरिमा विकास बैंक ‘द बेस्ट बेस्ट इन एक्सेस’ क्वालिटी अवार्डबाट सम्मानित

    आइतवार, भदौ ९ २०८१
    काठमाडौँ - गरिमा विकास बैंक लिमिटेड द बेस्ट बेस्ट इन एक्सेस अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्वारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो इमर्जिङ एशिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड कार्यक्रममा गरिमा विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको छ ।

    उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरू नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो ।

    कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरूले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसंगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महशुस गरेको छ ।

    कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ्ग ईकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।

    सो अवसरमा आयोजित ‘ड्राइभिङ इफिसेन्स एक्रोस द भ्यालु चेन’ विषयक प्यानल डिस्कसन कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपालको समेत प्रतिनिधित्व गरी वक्ताको रूपमा सहभागी थिए ।

    सो कार्यक्रममा उनले नेपालको बैंकिङ्ग परिदृष्य, बैंकिङ्गमा प्रविधिको प्रयोग र आगामी चूनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए ।

    उक्त प्यानल डिस्कसन कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायसंगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजीका उपाध्यक्ष तथा दक्षिण एशिया व्यवसाय प्रमुख  सुनिल पण्डिता मूख्य वक्ताको रूपमा रहेका थिए ।

    सो कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक समेत वक्ताको रूपमा सहभागी रहेका थिए ।

    काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएममार्फत ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आईरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend