२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

शाइन रेसुंगा : इमर्जिङ एशिया बैकिंङको बेस्ट बैंक अवार्डबाट विभूषित


सञ्चार डबली
  • आइतबार, भदौ ९ २०८१
  • 6.3K
    SHARES

  • images
    शाइन रेसुंगा : इमर्जिङ एशिया बैकिंङको बेस्ट बैंक अवार्डबाट विभूषित

    काठमाडौं, भदौ ९ । साइन रेसुंगा डेभलपमेण्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड २०२३ बाट विभूषित भएको छ । त्यस्तै, बैंकले अन्य तीन वटा महत्वपूर्ण उपाधि समेत हात पार्न सफल भएको हो ।

    हिजो भारतको नयाँ दिल्लीमा आयोजित इण्डियन च्याम्बर अफ कमर्स कार्यक्रम ‘बैंकिङ कनक्लेभ २०२४’ मा शाइन रेसुंगाले नेपालबाट ‘बेस्ट बैंक’ तथा बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ विधामा समेत उत्कृष्ट साबित भएको हो ।

    सो कार्यक्रममा अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए भने कार्यक्रम स्थलमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका डीसीईओ लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थ पुरस्कार थाप्न पुगेका थिए।

    सो अवार्ड समारोह गत वर्षदेखि सुरु गरिएको कार्यक्रममा जानकारी दिइएको थियो । यसपालि बैंकले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरुमा उत्कृष्ट भएको हो भने कूल विधा १७ वटा छुट्याइएका थिए ।

    कार्यक्रममा पुरस्कार थाप्दै गर्दा यस्ता पुरस्कारले आफ्नो र ग्राहकहरुको विश्वस्नियता पहिचान गर्न थप मद्धत पुग्ने विश्वास बैंक पक्षले व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend