२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भदौ १५ गते अगाडी नवीकरण शुल्क नतिरे एनसेलको लाइसेन्स स्वतः खारेज हुँने


सञ्चार डबली
  • शनिबार, भदौ ८ २०८१
  • 8.1K
    SHARES

  • images
    भदौ १५ गते अगाडी नवीकरण शुल्क नतिरे एनसेलको लाइसेन्स स्वतः खारेज हुँने


    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक एनसेललाई लाइसेन्स नवीकरण शुल्क एकमुष्ट रूपमा भुक्तानी गर्न पत्र पठाएको छ । प्राधिकरणको सञ्चालक समितिको निर्णयअनुसार बिहीबार पत्र पठाइएको जानकारी दिइएको छ ।

    एनसेलको लाइसेन्स अवधि आगामी भदौ १५ गते समाप्त हुँदैछ । कम्पनीले एक साता भित्र १९ अर्ब रुपैयाँ नवीकरण शुल्क नतिरेमा कानुनअनुसार स्वतः खारेज हुने स्थिति रहेको छ ।

    एनसेलले बाँकी रकम पाँच किस्तामा तिर्न पाउँ भनी प्राधिकरणमा निवेदन दिएको छ । तर प्राधिकरण प्रवक्ता सन्तोष पौडेलकाअनुसार किस्ताबन्दीमा शुल्क तिर्ने कानुनी व्यवस्था नभएकाले यो आग्रह स्वीकार गर्न नसकिएको हो ।

    दूरसञ्चार नियमावलीअनुसार अनुमतिपत्रको म्याद सकिनुभन्दा तीन महिना अगावै नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान छ । एनसेलले गत जेठमा २० अर्ब रुपैयाँमध्ये ४ अर्ब मात्र बुझाएको छ । समयमा शुल्क नबुझाएकाले थप करिब ३ अर्ब रुपैयाँ जरिवाना लागेको छ ।

    प्राधिकरणले एनसेलको किस्ताबन्दीको मागबारे सरकारलाई जानकारी गराएको जनाएको छ । एनसेलले २०६१ भदौ १६ गते जीएसएम सेलुलर मोबाइल सेवा सञ्चालनको अनुमति पाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend