२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

देशभर पाँच हजार महिला उद्यमी छन्, सबै एकजुट भएर अगाडि बढ्नुपर्छ : अध्यक्ष ज्ञवाली


सञ्चार डबली
  • शुक्रबार, भदौ ७ २०८१
  • 5.8K
    SHARES

  • images
    देशभर पाँच हजार महिला उद्यमी छन्, सबै एकजुट भएर अगाडि बढ्नुपर्छ : अध्यक्ष ज्ञवाली


    काठमाडौं । महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले देशभरका महिला उद्यमीहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताएकी छिन्। सीआईपीईको सहयोगमा सर्लाहीको लालबन्दीमा ४ दिने महिला उद्यमी तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले महासङ्घमार्फत देशभरका ५५ हजार महिला उद्यमीलाई तालिम दिइसकिएको बताइन् । देशभर कमसे कम पाँच हजार महिला उद्यमी रहेको उनको भनाइ छ।

    उनले जिल्लाको विशिष्टता अनुसारको उत्पादन भइरहेको तथा एकले अर्को जिल्लालाई आवश्यक परेको सहयोग गर्नु परेमा सहयोगको वातावरण बन्ने गरेको बताइन्। हरेक जिल्लामा महिलाले उत्पादन गरेको विभिन्न सामग्री तथा खाद्य पदार्थको प्रदर्शनी गर्नुपर्ने र यसले सामानको गुणस्तरको साथै व्यवसाय विस्तारमा पनि सजिलो पु¥याउने ज्ञवालीको भनाई छ।

    अध्यक्ष ज्ञवालीले सीआईपीईको आदानप्रदान र स्थानीय विशिष्टताको पहिचान गराउन प्रदर्शनीले मद्दत गर्ने र दिदीबहिनीहरूले मिलेर काम गरेमा सबैलाई हौसला पनि प्राप्त हुने दाबी समेत गरेकी छन् । उनले महिला उद्यमीका समस्याका बारेमा स्थानीय सरकार, प्रदेश सरकार तथा संघ सरकारसित समन्वय र सहकार्य गर्नुपर्ने बताइन्।  महिला उद्यमीलाई आवश्यकताअनुसार उद्योग मन्त्री तथा महिला विकास मन्त्रालयसित सहकार्य गरेर समस्या समाधान गर्न सहजीकरण गर्न महासङ्घ तयार रहेको ज्ञवालीले बताइन्।

    पहिलेदेखि महिलाले गरेका उद्यम वा कामलाई नै व्यावसायिक रूप दिन सिक्नुपर्ने र हरेक कामलाई आर्थिक उपार्जनको दृष्टिकोणले लिँदा उद्यमशीलताको विकास हुने ज्ञवालीले धारणा व्यक्त गरिन् ।  उद्यमशील महिलालाई आवश्यकताअनुसारको सबै किसिमको सहयोग गर्न महासङ्घ तयार रहेको उनको भनाई छ । 

    युवाहरू देशबाट विदेशमा पलायन भइरहेको अवस्थामा महिलाहरूले देशमा उद्यमशीलताको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएको अध्यक्ष ज्ञवालीको तर्क रहेको छ। उनले डिजिटल साक्षरतामा महिला अगाडि बढ्नुपर्ने कुरामा पनि जोड दिएकी छन्।

    कार्यक्रममा प्रदेश सरकारकी पूर्वमन्त्री बेच लुंगेली, महासंघकी प्रथम उपाध्यक्ष तथा सीआईपीईको सम्पर्क व्यक्ति दर्शना श्रेष्ठ, महासंघकी तृतीय उपाध्यक्ष तथा कार्यक्रमकी सम्पर्क व्यक्ति बासन्ती प्रधान, लालबन्दी नगर प्रमुख वासुदेव अधिकारी तथा उपप्रमुख  कल्पना माया पाख्रिनले मन्तव्य राख्दै महिला उद्यमीहरूलाई आफ्नो तर्फबाट हुन सक्ने सबै किसिमको सहयोग गर्न तयार रहेको बताए।

    सर्लाही जिल्लाको विभिन्न भागबाट सहभागी महिलाहरूलाई भूपेन्द्र लम्साल र संगम दाहालले दुई दिनसम्म महिला उद्यमीहरूका लागि नेतृत्व विकास, लैङ्गिक हिंसा, डिजिटल साक्षरता तथा बजारीकरण विषयमा तालिम दिएका छन्। तालिमपछि महिला उद्यमीहरूले आफ्नो कामलाई व्यवसायीकरण गर्न सजिलो भएको प्रतिक्रिया दिएका छन्।

    तालिमपछि सर्लाहीमा महासङ्घको जिल्ला शाखाको गठन गरिएको छ। ११ सदस्यीय सर्लाही जिल्ला महिला उद्यमी संघको अध्यक्षमा जानुका चौलागाईँ, उपाध्यक्षमा बालाकुमारी थापा मगर, सचिवमा सान्नानी बुढाथोकी, सहसचिवमा अम्बिका पौडेल र कोषाध्यक्ष रुपा उप्रेती चयन भएका छन् । यसै गरी सदस्यहरूमा ममता कर्ण, राधिका खड्का, गंगादेवी श्रेष्ठ, मिनकुमारी दाहाल, अर्चना विश्वकर्मा र सीता विश्वकर्मा रहेका छन्।महिला उद्यमी संघको देशभरमा ६९ शाखा गठन भइसकेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend