२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 एचआईडीसीएलको संस्थापक शेयर खरिद गर्ने अन्तिम दिन आज


सञ्चार डबली
  • बिहीबार , भदौ ६ २०८१
  • 6.6K
    SHARES

  • images
     एचआईडीसीएलको संस्थापक शेयर खरिद गर्ने अन्तिम दिन आज


    काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २९ गतेदेखि अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयरको बिक्री खुला गरेको छ ।

    उक्त शेयरका लागि जोकोही व्यक्ति, संस्था वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको सो शेयर खरिदका लागि बोलपत्र पेस गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    शेयर खरिद गर्न इच्छुकले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका साथै ग्लोबल आईएमई बैंकको शंखमूल–नयाँबानेश्वर, बिर्तामोड, हनुमानदास रोड, जनकपुरधाम, आदर्शनगर, हेटौंडा, नारायणगढ, न्युरोड–पोखरा, मिलनचोक, बाग्लुङ बजार, त्रिभुवनचोक, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा भदौ ६ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend