२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्य, कुनको भाउ कति ?


सञ्चार डबली
  • बिहीबार , भदौ ६ २०८१
  • 6.6K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्य, कुनको भाउ कति ?


    काठमाडौं । कालीमाटीमा काक्रो, बोडी, सागलगायतका तरकारीको भाउ बढेको छ भने केही तरकारीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज रायोको सागको भाउ प्रतिकेजी ७६ रुपैयाँबाट बढेर १०३ रुपैयाँ ३३ पैसा पुगेको हो । 

    यसैगरी जिरीको साग प्रतिकेजी १७६ रुपैयाँ ६७ पैसा, सेलरी ३७६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ७० रुपैयाँ, रुख कटहर ५५ रुपैयाँ, किवि ४७६ रुपैयाँ ६७ पैसा, आभोकाडो ३७६ रुपैयाँ ६७ पैसा, तने बोडी र मकै बोडी ७५ रुपैयाँ, घिउ सिमी ८५ रुपैयाँ पुगेको छ । 

    आज गोलभेडाको भाउ भने केही घटेको छ । ठुलो नेपाली गोलभेडा प्रतिकेजी ७५ रुपैयाँ, भारतीय गोलभेडा ८५ रुपैयाँ, लोकल गोलभेडा ३५ रुपैयाँ, टनेल गोलभेडा ५१ रुपैयाँ ५० पैसा, भारतीय सानो गोलभेडा ४७ रपैयाँ ५० पैसा, रातो आलु ६७ रुपैयाँ ३३ पैसा, भारतीय रातो आलु ५६ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ६२ रुपैयाँ, सेतो आलु ५३ रुपैयाँ ३३ पैसा तोकिएको छ । 

    यसैगरी, सुकेको प्याज प्रतिकेजी ९७ रुपैयाँ ६७ पैसा, लोकल गाजर ९५ रुपैयाँ, तराई गाजर ७५ रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ, ज्यापु काउली ११० रुपैयाँ, भटमासकोशा १३० रुपैयाँ, तितो करेला र लौका ४५ रुपैयाँ, घिरौला ५५ रुपैयाँ र परवर ७५ रुपैयाँ पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend