२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

देशको विकास र समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल


सञ्चार डबली
  • बुधबार, भदौ ५ २०८१
  • 6.1K
    SHARES

  • images
    देशको विकास र समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल

    काठमाडौं, भदौ ५ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशको विकास र समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्ने बताएका छन्। 

    बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र उपायको संयुक्त आयोजनामा काठमाण्डौमा आयोजित ‘अनलकिङ इन्भेष्टमेन्ट’ कार्यक्रममा बोल्दै मन्त्री पौडेलले ऊर्जा उत्पादन र निर्यातमा भन्दा पनि ऊर्जाको आन्तरिक खपतमा जोड दिनुपर्ने बताएका हुन्।

    उनले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्ने बताए। 

    नेपालको अधिकतम उत्पादन नेपालमै खपत हुने गरी ठूला ठूला बहुराष्ट्रिय कम्पनीलाई नेपालमा उद्योग लगाउन प्रोत्साहन गर्ने नीति सरकारले ल्याउने योजना बनाइरहेको उनको भनाइ छ।

    ऊर्जा उत्पादनमा समय र मेहनेत लगाएका ऊर्जा उद्यमीहरुले समस्या छन् भनेर थाक्न नपाइने भन्दै मन्त्री पौडेलले समस्याहरु एक एक गरी समाधान गर्न बृहत छलफलमा आउन ऊर्जा उद्यमीहरुलाई आग्रह गरे।

    नेपालको ऊर्जा क्षेत्रको यो प्रगतिलाई प्रगति मानेर बस्न नहुने भन्दै उनले हिउँदमा पनि विद्युत आयात गर्न नपर्ने ठाउँमा नेपाललाई छिटो पुर्‍याउनुपर्नेमा जोड दिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend