२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सेयर बजार बढ्दा सरकारको पनि बढ्यो कमाई, साउनमा १० गुणाले बढ्यो लाभकर


सञ्चार डबली
  • मंगलबार, भदौ ४ २०८१
  • 7.2K
    SHARES

  • images
    सेयर बजार बढ्दा सरकारको पनि बढ्यो कमाई, साउनमा १० गुणाले बढ्यो लाभकर

     

    काठमाडौं । सेयर बजार लगातार बढ्दा लगानीकर्ताले मात्रै नभएर राज्यले पनि कमाएको छ । साउन महिनामा बजारको कारोबारमा निकै उछाल आएको छ । कारोबार रकममा आएको उछालले लगानीकर्तासहित राज्यलाई समेत लाभ भएको हो ।

    गत आर्थिक वर्षको साउनको तुलनामा यो वर्ष साउनमा राज्यले पाउने पुँजीगत लाभकर ९५७।१० प्रतिशतले बढेको छ । गत आवको साउन मसान्तमा सेयर बजारबाट राज्यले ४० करोड ८ लाख ९१ हजार रुपैयाँ पुँजीगत लाभकर पाएको थियो ।

    सिडिएससीका अनुसार गत साउनको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राज्यले पुँजीगत लाभकरको रुपम ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ हात पारेको छ । गत साउनको तुलनामा यो साउनमा पुँजीगत लाभकर १० गुणाले बढेको छ ।

    एक महिनामा बजार ७६० अंकले बढेर ३००० बिन्दुमा पुगेको थियो । साउनमा कारोबार रकमले पनि नयाँ रेकर्ड बनायो । करिब ३० अर्ब रुपैयाँसम्मको सेयर किनबेच भएको छ ।

    साउन महिनामा पहिलो दुई कारोबार दिन क्रमशः साढे ८ र ९ अर्बको सेयर कारोबार भएको थियो । त्यसपछि १२ अर्ब भन्दा माथी नै रहेको छ । जसले गर्दा राज्यले पाउने पुँजीगत लाभकर बढेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend