२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपालबाट भारतले थप २५१ मेगावाट विद्युत किन्ने सहमति


सञ्चार डबली
  • मंगलबार, भदौ ४ २०८१
  • 6.4K
    SHARES

  • images
    नेपालबाट भारतले थप २५१ मेगावाट विद्युत किन्ने सहमति

     

    काठमाडौं । भारतले नेपालबाट थप १२ वटा जलविद्युत आयोजनाको २५१ मेगावाट विद्युत् खरिद गर्ने भएको छ । योसँगै नेपालबाट भारतमा निर्यात हुने विद्युत ९४१ मेगावाट पुगेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । उनले यसमा १० प्रतिशत थप हुनसक्ने बताए ।

    साथै २५१ मेगावाट मध्ये १२५ मेगावाट बिहारको लागि र बाँकी हरियाणाका लागि रहेको घिसिङले जानकारी दिए । विहारको लागि तीन बर्ष र हरियाणाको लागि पाँच बर्षको सम्झौता हुने उनले बताए ।  कुलमानले प्रतियुनिट ५ रुपैया ४५ पैसा भारुमा यो विद्युत बेच्ने सम्झौता भएको बताएका हुन् ।   

    भारतमा बिजुली निर्यात गर्ने आयोजनाको संख्या पनि २८ वटा पुग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोडको बिजुली निर्यात गरेको थियो भने अब यस बर्ष यो ३० अर्बसम्म पुग्नसक्ने घिसिङले जानकारी दिएका छन् ।

    यो वर्ष आयातभन्दा बढी निर्यात गरेकाले खुद निर्यातकर्ता बनेको दाबी गर्दै आएको छ । सन् २०२१ को अक्टोबरमा नेपालले ३९ मेगावाटको विद्युत निर्यात अनुमति पाएको थियो । त्यसपछि भारतले पटक–पटक नयाँ आयोजनाको बिजुली निर्यातका लागि स्वीकृति दिएको छ।

    पछिल्लो स्वीकृतिसँगै अब नेपाल विद्युत् प्राधिकरणलाई दशैँ–तिहारका समयमा बढी हुने बिजुली व्यवस्थापन गर्न सहज हुने भएको छ ।यो वर्षको जेठदेखि बंगलादेशमा पनि बिजुली निर्यात गर्ने तय भए पनि अहिलेसम्म सम्झौता भने हुनसकेको छैन ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend