२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एनएफपिजे नेपालद्वारा ललितपुरमा ‘जब हिमाल मुस्कुराउँछ’विशेष फोटो प्रदर्शनी


सञ्चार डबली
  • सोमबार, भदौ ३ २०८१
  • 7.5K
    SHARES

  • images
    एनएफपिजे नेपालद्वारा ललितपुरमा ‘जब हिमाल मुस्कुराउँछ’विशेष फोटो प्रदर्शनी


    काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ललितपुरमा ‘जब हिमाल मुस्कुराउँछ’विशेष फोटो प्रदर्शनी गरेको छ ।सोमबार विश्व फोटोग्राफी दिवसको अवसरमा ललितपुरको पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसंग सम्बन्धित‘जब हिमाल मुस्कुराउँछ’विशेष फोटो प्रदर्शनी गरेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उदघाटन गरेका थिए । 

    प्रदर्शनीमा ४० भन्दा बढी फोटो पत्रकारहरूले खिचेका ६० वटा हिमालसँग सम्बन्धित तस्वीरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

    एनएफपिजे नेपालले विश्व फोटोग्राफी दिवस निरन्तर रूपमा मनाउँदै आइरहेको छ । अघिल्लो वर्ष पनि दिवस मनाउने क्रममा बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६० वटा तस्वीरहरू प्रदर्शनीमा राखिएको थियो । 

    पछिल्लो समय जलवायु परिवर्तन कारण हिमालहरू पग्लिने र हिमतालहरू विस्फोटका कारण त्यहाँका जनतालाई परेको असरलाई फोटो मार्फत देखाउनको लागि सो प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend