२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यशोदा फुडस प्रा.लि.को गम्भीर ध्यानाकर्षण – अदालतको अवहेलनाजन्य दुष्प्रचार भयो


सञ्चार डबली
  • सोमबार, भदौ ३ २०८१
  • 6.3K
    SHARES

  • images
    यशोदा फुडस प्रा.लि.को गम्भीर ध्यानाकर्षण – अदालतको अवहेलनाजन्य दुष्प्रचार भयो

    सोमबार, ०३ भदौ २०८१
    काठमाण्डौं - यशोदा फुड्स प्रा.लि.ले करेन्ट नामको  ट्रेडमार्क, लेबल समेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिई प्रचलित कानून भित्र रहेर विभिन्न स्वादका चाउचाउ, लगायतका वस्तु उत्पादन गर्ने नेपालकै प्रतिष्ठित उद्योग हो । प्रयोग भइरहेका ट्रेडमार्कको उद्योग विभागबाट विभिन्न मितिमा, लेबल डिजाइन ट्रेडमार्क दर्ता प्राप्त गरिसकेको छ ।

    यसै क्रममा यशोदा फुडस प्रा.लि. ले उद्योग विभाग समक्षमा आवेदन नं. ०९८२२९ बाट करेण्ट रेगुलर रु. २० मा विक्री गर्ने चाउचाउको ५ प्याक भनि लेबल दर्ताका लागि आवेदन गरिएकोमा  सिजी फुड्स (नेपाल) प्रा.लि.ले सो लेबलमा उत्पादन तथा विक्री वितरणमा रोक लगाई पाऊँ भनी उद्योग विभागमा दिएको रहेछ । सो निवेदनमा उद्योग विभागले सिजी फुडसको दावी नपुग्ने र यशोदा फुडसले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी २०८०/०२/२९ मा गरेको फैसला उपर सिजी फुड्स (नेपाल) प्रा.लि. ले सम्मानित उच्च अदालत पाटनमा पुनः उक्त आवेदनको लेबलको चाउचाउको उत्पादन विक्री वितरण रोकी पाउन अन्तरकालीन आदेश माग गरी दायर गरेको निवेदनमा सम्मानित उच्च अदालत पाटनको संयुक्त इजालसले सुनुवाई गर्दै ‘यस अदालतबाट विवादित विषयमा अर्थात् विपक्षीले दर्ता माग गरेको आवेदन नं. ०९८२२२ मा उल्लिखित ट्रेडमार्कका हकमा शुरु तहले गरेको निर्णयको न्यायिक परिक्षण भई अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंबाट मिति २०८०/०२/२९ मा भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो ।’’ भनी भएको आदेशलाई सर्वाेच्च अदालतबाट मिति २०८१/०४/३२ मा ‘कानुन बमोजिम गर्नू’ भनी भएको आदेशको गलत व्याख्या गरी विभिन्न सञ्चार माध्यममा यशोदा फुडसको उत्पादनको विक्री वितरणमा सर्वाेच्च अदालतले रोक लगाएको भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गरेको कुरामा यशोदा फुडस प्रा.लि.को गम्भीर ध्यानाकर्षण भएको छ । 

    यशोदा फुडस प्रा.लि.ले उद्योग विभागबाट ट्रेडमार्क, लेबल दर्ता गरी नियम बमोजिम इजाजत प्राप्त लेबलहरुमा मात्र उत्पादन गरी आएको तथा उद्योगले सयौ लेवल तथा ट्रेडमार्क दर्ताको लागि उद्योग विभागमा आवेदन गर्ने गरिएकोमा माथि उल्लेख भएको एक लेबल दर्ताको क्रममा विपक्षीले विरोध गरेकोले सो एक आवेदन नम्बरको लेबलका विषयमा हाल सम्म पनि उच्च अदालतले सुरु उद्योग विभागको निर्णय कार्यान्वन नगरी यथा स्थितीमा राख्नु भनि गरेको आदेशलाई यशोदा फुडस प्रा.लि.ले सिरोधार्य गरी उक्त आवेदन नम्बर ०९८२२९ को लेबलबाट  कुनै  मालवस्तु उत्पादन नगरी उद्योग विभागबाट प्राप्त सँलग्न ट्रेडमार्क दर्ता प्रमाणपत्र बमोजिमका लेबलको मात्र मालबस्तु उत्पादन गरी आएको व्यहोरा अनुरोध गर्दै यस विषयलाई गलत व्याख्या गरी विक्री वितरणमै रोक लगाएको र बजारमा गएको सामान समेत फिर्ता लिनुपर्ने भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको हुँदा यस्ता हल्लाको पछाडि नलागी निर्वाद रुपमा हाम्रा उत्पादनहरु विक्री वितरण गर्न तथा उपभोग गर्न आर्म उपभोक्ता महानुभावहरु, व्यापारी वर्ग तथा डिलरहरुसमक्ष अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend